काठमाडौं, १५ साउन । नेपाली कांग्रेसले नेपालका ७७ वटै जिल्ला सदरमुकाममा सरकार विरोधी प्रदर्शन सम्पन्न गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार विरोध प्रदर्शन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
जिल्ला कार्य समितिको आयोजनामा भएको विरोध प्रदर्शनमा केन्द्रीय सदस्य र पदाधिकारी सहित संबन्धित जिल्लाबाट संघीय संसद,प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरु, नेपाली कांग्रेसका सम्पूर्ण भातृ एवम् शुभेच्छुक संस्थाका सबै तहका पदाधिकारीहरु र क्रियाशील सदस्य तथा समर्थकहरुको सहभागिता रहेको थियो ।
नेपाली कांग्रेसले सरकारको सर्वसत्तावादी र अधिनायकबादउन्मुख प्रवृत्तिलाई रोक्न, संविधानको अक्षर र भावना विपरीत सभामुख र उपसभामुख एकै पार्टीबाट प्रतिनिधित्व हुन गएकोले सोलाई सच्याउन , महंगी, भ्रष्टाचार, बढ्दो महिला असुरक्षा, न्यायालय, सुरक्षा निकाय,प्रशासन,विश्वविद्यालय लगायतमा भएको सरकारी हस्तक्षेपको विरोध गरि कानूनी राजको पक्षमा जनमत सिर्जना गर्न यो विरोध प्रदर्शन आयोजना गरेको हो ।
जिल्ला जिल्लाबाट प्राप्त समाचार अनुसार मध्य बर्षाको र खेतिपातीको समय भए पनि सरकारको विरोधमा गरिएको प्रदर्शनमा व्यापक जनसहभागिता रहेको थियो ।
यस्तो देखियो देशव्यापी विरोध प्रदर्शन :