Prakash Adhikari July 31, 2018

काठमाडौं,१५ साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारमा संलग्न जो कोहीलाई पनि कारबाही हुने बताउनुभएको छ ।

महालेखा परीक्षकको २०७४/०७५ लेखा परीक्षण सम्बन्धी सिंहदरबारमा भएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

उहाँले भ्रष्टाचार र अनियमितता गर्ने राज्यका कुनै निकायले पनि उन्मुक्ति नपाउने समेत बताउदै बढ्दो बेरुजुले अन्तर्राष्ट्रिय जगतमा पनि नेपालको शाख गिराउने औंल्याउनुभयो ।

सरकारी कार्यालयहरुमा बेरुजु बढ्नु मुलुकको सुशासनका लागि राम्रो संकेत नभएको भन्दै प्रधानमन्त्री ओलीले जानाजान बेरुजु गर्नु भनेको भ्रष्टाचार किटान गर्र्दै भन्नुभयो त्यसमा संलग्नलाई कानुनी कारबाही गर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले राजनीतिक नेतृत्वले समेत आर्थिक नियम कानूनभित्र बस्नुपर्ने बताउनुभयो ।

राजनीतिले देशलाई बाटो देखाउने भएकाले राजनीतिक व्यक्तित्वहरुले यस बिषयमा गम्भीर हुनुपर्छ, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

बैठकमा महालेखा परीक्षक टंकमणी शर्माले आर्थिक वर्ष २०७४–०७५ मा ४८ अरब रुपैयाँ बेरुजु देखिएको जानकारी दिनुभयो ।

Share Now

Leave a comment.