Prakash Adhikari August 1, 2018

 

आम्स्टीलभिल ग्राउण्ड(नेदरल्याण्ड), १६ साउन । नेपालले नेदरल्याण्डसँग उसको घरेलु मैदान आम्सटीलभिल ग्राउण्डमा आज पहिलो एकदिवसीय खेल खेल्दै छ ।

एक दिवसीय राष्ट्रको अंतरराष्ट्रीय मान्यता प्राप्त गरेपछि नेपाली क्रिकेट टोलीले खेल्न लागेको यो नै पहिलो एकदिवसीय खेल हो ।

नेपालले नेदरल्याण्ड्ससँग एतिहासिक अगष्ट ३ मा अर्को पनि एक दिवसीय अंतरराष्ट्रीय खेल खेल्दैछ ।

जिम्बावेमा भएको आईसीसी विश्वकप छनोट प्रतियोगितामा यी दुइ टोली भिडेका थिए । यसै प्रतियोगितामा दुबै टिमले एक दिवसीय मान्यता पाएका थिए ।

युरोप भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले २९ जुलाईमा बेलायतको लण्डनमा अवस्थित लर्डस क्रिकेट मैदानमा त्रिकोणात्मक ऋखला अन्तरगत स्थानीय मेरिलोवन क्रिकेट क्लव र नेदरल्याण्डस्संग त्रिकोणात्मक खेल खेलेको थियो ।

सो खेलमा एमसीसीलाई नेपालले जितेको थियो भने नेदरल्याण्डसंगको टी ट्वान्टी सेरिज बर्षाको कारणले पहिलो इनिड.को अन्त्यतिर रोकिदा दुवै टीमलाई सयुक्त रुपमा विजेता घोषणा गरिएको थियो ।
यूरोप भ्रमणको क्रममा बेलायतमा भएका अन्य तीनवटा अभ्यास खेलमा नेपाली क्रिकेट टोली दुई वटा खेलमा विशाल अन्तरले विजयी बनेको थियो ।
तेस्रो अभ्यास खेलमा नेपाली टोलीले इष्ट लण्डन ११लाई २२३ रनले पराजित गरेको थियो ।

टस हारेर पहिला व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३३८ रन बनाएको थियो ।

युरोप भ्रमणमा रहेको नेपालको राष्ट्रिय क्रिकेट टिम इङ्ल्याण्डको स्थानीय क्लब सेन्ट क्रससंग भएको दोस्रो अभ्यास खेलमा १९ रनले पराजित भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको सेन्ट क्रसले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो । १ सय ६९ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा जम्मा १ सय ४९ रन मात्र बनाउन सक्यो ।

नेपालले अभ्यास खेलमा हैम्पशायर होग्स क्रिकेट क्लबमाथि सानदार जित हात पारेको थियो । नेपालले दिएको ३ सय ६३ रनको लक्ष्य पछ्याएको हैम्पशायर ३७.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय १९ रनमा समेटिएको थियो । पहिलो अभ्यास खेलमा नेपाल २ सय ४३ रनले विजयी भएको हो ।

अभ्यास खेल र त्रिकोणीय श्रृखलाको विजयी अनुभव संगालेर बसेको नेपाली राष्टिय क्रिकेट टोली उच्च मनोबलका साथ नेदरल्याण्डमा प्रस्तुत हुनेछ ।

त्यसो त नेदरल्याण्ड पनि बलियो टीमको रुपमा लिइन्छ । आजको खेल निकै प्रतिस्पर्धात्मक र रोचक हुने अनुमान गरिएको छ ।

नेपाली समय अनुसार दिउँसोको २ : ४५ बाट खेल सुरु हुने आजको ऐतिहासिक एक दिवसीय खेललाई कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ ।

Share Now

Leave a comment.