क्वाललम्पुर(मलेशिया), २१ आषाढ । एसीसी मेन्स यु १६ इस्ट जोन कपको फाइनल खेलमा नेपाली किशोरहरु आज सिंगापुरसंग भिड्दै छन् ।
भर्खर भएको टस जितेर सिंगापुरले ब्याटिङ रोजेको छ । सिंगापुरले ब्याटिङ रोजेपछि नेपालले बलिङको निम्तो पाएको छ । सेमिफाइनलमा घरेलु टोली मलेसियालाई हराउँदै नेपालले फाइनल यात्रा तय गरेको हो ।
उता, सिंगापुरले भने सेमिफाइनलमा हङकङलाई पराजित गरेको थियो । नेपाल र सिंगापुर एकै समूहमा रहेका थिए ।
समूह चरणमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो ।
गत संस्करणको फाइनलमा मलेसियालाई २ सय २१ रनले हराउँदै नेपाल च्याम्पियन भएको थियो ।








