Prakash Adhikari July 17, 2025

काठमाडौं, १ साउन । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा महिला फुटबल स्टार सावित्रा भण्डारी ‘साम्बा’ न्युजिल्याण्डको वेलिंगटन फिनिक्स फुटबल क्लबमा आवद्ध भएकी छिन् ।

साम्बाले सन् २०२५ २६ सिजनका लागि अष्ट्रेलियाको ए लिग खेल्ने क्लब वेलिंगटनसँग अनुबन्ध गरेकी हुन् । वेलिंगटन न्युजिल्याण्डको क्लब भएपनि यसले अष्ट्रेलियाको शीर्ष डिभिजन लिग खेल्दै आएको छ ।

फ्रान्सको एन अभान्ट ग्वेंगाम्पबाट २ सिजन खेलेपछि साम्बाले अष्ट्रेलियाको लिगमा खेल्ने निर्णय लिएकी हुन् । उनले त्यसअघि इजरायलको हापोएल राना’नाबाट पनि खेलेकी थिइन् । उनले दक्षिण एसियामा भारत र माल्दिभ्समा पनि खेलिसकेकी छिन् ।

साम्बाले गत महिना सम्पन्न एएफसी एसियन कप छनोटमा राष्ट्रिय टोलीको कप्तानी पनि गरेकी थिइन् । तर नेपाल अन्तिम खेलमा उज्वेकिस्तानसँग पेनाल्टीमा हार्दा एसियन कपमा भने छनोट हुन सकेन ।

साम्बाले यसको जानकारी उनका प्रशंसकहरुलाई दिइसकेकी थिइन । उनले सामाजिक सञ्जालमा लेख्दै भनेकी थिइन,”

प्रिय EA Guingamp परिवार,
हामीले पछिल्लो दुई वर्ष बिताएको अद्भुत यात्राको लागि धेरै धन्यवाद । हामीले यात्रा दौरान गरेको प्रगतिमा मलाई सदैव गर्व रहनेछ र यसको अर्थ मेरो करिअरमा विशाल रहनेछ ।हामी दुवै नयाँ सुरुवातको अलग हुने समय आएको छ, तर क्लब र समर्थकहरूले मलाई दिएको मायाका लागि म सधैं आभारी रहनेछु ।जहाँ भएपनि मेरो समर्थन क्लबलाई रहनेछ ।”
To my incredible EA Guingamp family,
Thank you for the amazing journey. I’m proud of the progress we made together during these two seasons and your support has meant the world to me.
As we part our ways for a fresh start, I will always be grateful for the support the club and the supporters have given me.
I will always be rooting for you.

 

Share Now