काठमाडौं, ९ साउन । वरिष्ठ उद्योगी तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठलाई मातृशोक परेको छ ।
श्रेष्ठकी आमा जवाहरदेवी श्रेष्ठको बुधबार साँझ ललितपुरमा १ सय १ वर्षमा निधन भएको हो ।
स्व. श्रेष्ठका दुई छोरा र पाँच छोरी हुनुहुन्छ । स्व. श्रेष्ठका जेठा छोरा देशबाहिर रहेकाले उहाँ आएपछि शनिवार मात्रै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । रविभक्त उहाँका कान्छा छोरा हुनुहुन्छ ।
स्व. श्रेष्ठको पार्थिव शरीर शनिबार बिहान ८ः३० देखि ९स्३० सम्म सानेपा श्रीकुञ्जस्थित निजी निवासमा श्रद्धाञ्जलीका लागि राखिनेछ । त्यसपछि पशुपति आर्यघाटमा लगिने कार्यक्रम रहेको बताइएको छ ।
स्व। श्रेष्ठका पति एवम् रविभक्तका पिता इन्द्रभक्त श्रेष्ठ नेपाल चेम्बर अफ कमर्सका संस्थापकमध्येका एक हुनुहुन्थ्यो । उहाँ नेपाल उद्योग बाणिज्य महासंघ एवम् चेम्बर अफ कमसै दुवैका अध्यक्ष हुनुभयो । उहाँको एक दशक पहिले नै निधन भइसकेको छ ।
रविभक्त श्रेष्ठ नेतृत्वको आईजे ग्रुप नेपालको स्थापित औद्योगिक–व्यवसायिक घरणा हो ।


















