Prakash Adhikari August 6, 2018

 

काठमाडौं, २१ साउन । ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेदरल्याण्ड्सलाई एक खेलमा हराएर देशको प्रतिष्ठा बढाएको नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार स्वदेश फर्किएको छ।

टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव कुमार विष्ट लगायतले भव्य स्वागत गरेका थिए ।

तीन साता अघि युरोप भ्रमणमा गएको नेपाली टोलीले बेलायतका  स्थानीय क्लबहरु मेरिलोबर्न क्रिकेट क्लब, इष्ट लण्डन ११ , सेन्ट क्रस  र इष्ट लण्डन शार्कसंग अभ्यास खेल अलवा नेदरल्याण्ड्स र एमसीसीसंग लर्डस् क्रिकेट मैदानमा त्रिकोणिय टी ट्वान्टी सेरिज पनि खेलेको थियो ।

त्यसपछि अगष्ट १ र ३ मा नेदरल्याण्डसंग आम्र्सटरभिल क्रिकेट मैदानमा एक दिवसीय खेल खेलेको नेपाली टौलीले दोस्रो रोमाञ्चक खेलमा नेदरल्याण्ड्सको टोलीलाई १ रनले पराजित गरेको थियो । पहिलो खेलमा १९० रनको लक्ष्य पाएको नेपाल पराजित हुन पुगेको थियो । एमसीसीलाई जितेको नेपाली टोलीको नेदरल्याण्ड्संगको खेल भने बर्षाको कारण रद्द भएर दुवै टोली सहविजेता घोषित भएका थिए ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) बाट एकदिवसीय राष्ट्रको मान्यता प्राप्त गरेपछि नेपालले नेदरल्याण्डविरुद्ध दुई खेलको ऐतिहासिक एकदिवसीय सिरिज खेलेको थियो।

नेपाली टोलीका युवा खेलाडी सन्दीप लामिछाने भने क्यारेबियन प्रिमियर लिग(सीपीएल) खेल्नका लागि नेदरल्याण्ड्सबाटै त्रिनिडाड पुगिसकेका छन्।ष्

एअरपोर्टमा नेपाली टोलीको सम्मानमा आयोजित कार्यक्रममा नेपाली राष्टिय टोलीका कप्तान पारस खड्काले समग्र यूरोप भ्रमणमा नेपाली टोलीको प्रदर्शन सन्तोषजनक रहेको बताउदै एक दिवसीय सेरिजमा नेदरल्याण्ड्संग भएको बराबरीको परिणाम र दोस्रो खेलको विजयले नेपाली टीमाको मनोवल बढेको बताए ।

उनले यसले आगामी एशिया छनौट कपमा सहभागी बन्ने नेपाली खेलाडीहरुको हौसला बढेको बताए । उनले अब नेपालती टोलीको समग्र ध्यान एशियाली कपमा छनौट हुने रहने बताए ।

अगष्ट अन्तिम साता मलेसियामा हुने एसिया कप छनोटमा नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ,सिंगापुर र ओमानले खेल्दैछन्।

छनोटको बिजेताले युएईमा हुने एसिया कपमा सहभागी हुन पाउछ ।

Share Now

Leave a comment.