Prakash Adhikari August 2, 2025

 

काठमाडौं, १७ साउन । नारायणगढ–बुटवल सडक निर्माणको समयावधि एक बर्ष थप गरिएको छ । सडक विभागको उच्चस्तरीय सूत्रले दिएको जानकारी अनुसार साउन ८ गते तेस्रो समयसीमा सकिएको आयोजनालाई काम सम्पन्न गर्न थप एक बर्ष अवधि थप गरिएको हो । आयोजनासंग ठेकेदारले भने ५ सय ७६ दिन अर्थात डेढ वर्ष समय थप गर्नुपर्ने प्रस्ताव गरेको थियो ।

निर्माता पक्षले सो सडक खण्डको निर्माण कार्यमा अहिले ७० प्रतिशत भौतिक प्रगति हासिल गरेको जानकारी दिएको छ ।

कुल ११४.५३ किलोमिटर लम्बाइको यो सडक खण्डमा अहिले दाउन्ने बाहेकका सबै भागमा कालोपत्रे कार्य सम्पन्न भइसकेको छ। यसले ती क्षेत्रका यात्रुलाई सहज बनाएको छ।

दाउन्नेको १४ किलोमिटर सडक खण्डमध्ये पश्चिम बर्दघाटतर्फ ३ किलोमिटर सडक मात्र कालोपत्रे भएको छ । बुटवल नारायणगढ सडक अन्तरगत पश्चिम नवलपरासीको बर्दघाट र पूर्वी नवलपरासीको दुम्कीवास बीचमा पर्ने ११ किलोमिटर पानी परिञ्जेल पीच गर्न सक्ने अवस्था छैन । सामान्य वर्षात् हुनासाथ रातोमाटो हिलोमा परिणत हुन्छ । सवारी साधन गुडाउन पनि कठिन हुन्छ ।

सडकको सो खण्ड आउँदो दसैँ अघि राजमार्ग कालोपत्रे हुने दावी निर्माता पक्षाले गरेको छ ।

यो सडकको पूर्वी पश्चिम नवलपरासी र रुपन्देहीको बजार क्षेत्रमा ६ लेन, जंगलमा ४ लेन र दाउन्नेमा ३ लेनको सडक निर्माण भइरहेको छ ।

बुटवल(नारायणगढ सडक निर्माणको काम चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेशनले १७ अर्बमा चिनियाँ ठेकेदारले ठेक्का लिएको हो। २०७५ माघ २४ मा ठेक्का संझौता हुँनासाथ देशमा कोरोना महामारीका कारण लक डाउन भएर काम राकिन गएको यस आयोजनाको ठेकेदारले कोराना साम्य भएपछि पनि समयमा काम गर्न नपाएको गुनासो गर्दै आएको छ ।

 

सडक विस्तार गर्नुपर्ने क्षेत्रमा वन विभागबाट रुख गणना छपान र कटानमा सिर्जना भएको व्यवधान, रुस र युक्रेन युद्धले निर्माण सामग्री आपूर्तिमा आएको .समस्या, सडक छेउमा रहेका विद्युतका तार स्थानान्तरण गर्न भएको विलम्व र म्याद थपमा सिर्जना गरिने अनावश्यक विवादले निर्माणकार्यमा व्यवधान सिर्जना भएको हो ।

Share Now