Prakash Adhikari October 26, 2025

काठमाडौं,९ कार्तिक । तिहार पछिको पहिलो कारोबार दिन शेयर बजार परिसूचक नेप्से सामान्य वृद्धि भएको छ । यस दिन ५.९ अंकले बढेर परिसूचक २५०९.०४ विन्दुमा उक्लिएको छ । आज सुरुमा बजार घटेको थियो । अन्तिममा आएर वृद्धि भएर बजार बन्द भएको हो ।

बजार बढेपनि आज १ सय ४६ कम्पनीको शेयर मूल्य घट्दा ९८ कम्पनीको मूल्य वृद्धि भएको छ । आज ३ सय १३ स्क्रिप्टका ५५ लाख ९६ हजार ७७ कित्ता शेयरको किनबेच हुँदा २ अर्ब ६६ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ ।

आज शेयर मूल्य अधिक बढने कम्पनीहरुमा सिद्धार्थ बैंक डिबेञ्चर ८९, समता लघुवित्त, हिमालयन पावर पार्टनर, नेपाल पुनर्बीमा, महिला लघुवित्त, क्रेष्ट लघुबीमा, भूगोल इनर्जी, सिटिजन डिबेञ्चर, इन्फिनिटी लघुवित्त र नेशनल हाइड्रो डेभलपर लिमिटेड रहेका छन् ।

आज शेयर धेरै भाउ खस्केका कम्पनीमा तारागाउँ रिजेन्सी होटल, भगवती हाइड्रो, एशियन हाइड्रो, उन्नति सहकार्य लघुवित्त, सानिमा माई हाइड्रो, कुमारी सबल योजना,सामुदायिक लघुवित्त, भिजन लुम्बिनी र म्येच्छेम हाइड्रो रहेका छन् ।

आज सबैभन्दा धेरै कारोबार हुने कम्पनीहरुमा नेपाल पुनर्बीमा कम्पनीको ३२ करोड रुपैयाँ बढीको कारोबार भएको छ भने एसबीएल डिबेन्चर २०८९ को २३ करोड ६४ लाख रुपैयाँ बढीको कारोबार भएको छ । त्यस्तै युनियन हाइड्रोको १८ करोड ७० लाख, हिमालयन पावर पार्टनरको १० करोड ४८ लाख, हिमालयन डिष्टिलरीको ९ करोड ३५ लाख, शिवम् सिमेण्ट्सको ९ करोड ६ लाख, हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ७ करो ९२ लाख, नारायणी विकास बैंकको ६ करोड ८२ लाख,राँधी जलविद्युत कम्पनीको ५ करोड ९५ लाख, सीइडीबी होल्डिड.सको ५ करोड ८५ लाखको कारोबार भएको छ ।

Share Now