दुबाई(युएई), २७ मंसिर । एसीसी यु १९ एशिया कप अन्तरगत आज भइरहेको नेपालको पहिलो खेलमा श्रीलंकाले घातक बलिड. गरेको छ ।
दुबाईस्थित क्रिकेट मैदानमा टस जितेर बलिड. रोजेको श्रीलंकाले नेपाललाई निकै पेल्यो । ने ब्याटिड.मा उत्रिएका नेपाली युवाहरु खुलेर खेल्नै सकेनन् । ५० ओभरको खेलमा नेपाली युवाहरु टिक्न सकेनन् । २८.५ ओभरमा अल आउट हुँदा नेपालले जम्मा ८२ रन जोड्न सक्यो ।
नेपालका लागि सिबरिन श्रेष्ठले बनाएको १८ रन नै सबैभन्दा धेरै हुन गयो । नेपालका लागि साहिल पटेलले १२ रन, निरजकुमार यादवले १० रन, कप्तान अशोक धामीले ९, अभिषेक तिवारीले ७, युवराज खत्रीले ५ तथा विपिन शर्मा र रोशन विश्वकर्माले एक एक रन बनाए भने वंश क्षेत्री, दिलसाद अलि र दयानन्द मण्डलले खाता खोल्न सकेनन् ।
नेपाललाई रोक्ने क्रममा सेथमिका सेनेभिरत्नेले ५, रसिथ निम्सरा,विग्नेश्वरन आकाश,दुल्निथ सिगेरा र चमिका हिनाथीगलाले एक एक विकेट लिए ।
नेपाल एसीसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो।
नेपाल, श्रीलंकासहित साविक विजेता बंगलादेश र अफगानिस्तान एउटा समूहमा छन्।
नेपालले प्रिमियर कप खेलेको टोलीमा ४ खेलाडी परिवर्तन गरेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) खेलेका अभिषेक तिवारी, साहिल पटेल , विपिन शर्मा र युवराज खत्री अहिले एसिया कपको टोलीमा छन्।
एसियाली क्रिकेट काउन्सिल (एसीसी)का पूर्ण सदस्य राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान स्वतः तथा युएई, नेपाल र मलेसिया प्रिमियर कपको शीर्ष ३ टोलीका रुपमा छनोट हुँदै एसिया कप खेल्दैछन्।
अशोक धामीको कप्तानीमा रहेको नेपालको टोलीमा उपकप्तान निरज यादव दिलसाद अली, अभिषेक तिवारी, सिब्रिन श्रेष्ठ, साहिल पटेल, दयादन्द मण्डल, निश्चल क्षेत्री, आशिष लोहरा, नितेश पटेल, चन्दन राम, रोशन बिके, विपिन शर्मा, वंश क्षेत्री र युवराज खत्री रहेका छन् ।
त्यस्तै श्रीलंकाका तर्फबाट क्याप्टेन भिमथ दिनसराको नेतृत्वमा कभिजा गामागे, चमिका हिनातिगला,भिरान चमुदिथा,दुल्निथ सिगेरा,दामान्थ महाभिथाना,आदाम हिल्मी,किथम वथानापथिरना,रसिथ निम्सरा,सेथभिका सिनेभिरत्ने र भिग्नेश्वरन आकाश खेल्दैछन् ।


















