पोखराण्कास्की), ५ माघ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ पर्नुभएको छ। उहाँ पोखरामा कार्यक्रममा सहभागी भएकै अवस्थामा नेपाल प्रहरीले पक्राउ गरेको हो ।
कास्कीका प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले उहाँ पक्राउ परेको पुष्टि गर्नुभयो । ‘काठमाडौँबाट पक्राउ अनुमति आएको छ । सोही अनुसार हामीले कार्यान्वयन गरेका हौँ,’ उहाँले भन्नुभयो ।
पक्राउ परेका प्रसाईंलाई काठमाडौँ पठाउने तयारी भइरहेको छ । नेपाली कांग्रेसको विवादमा प्रसाईंले निर्वाचन आयोगले करोडौँ रुपैयाँ लिएर गगन थापा पक्षलाई आधिकारिकता दिएको आरोप लगाउनुभएको थियो ।
प्रसाईंको यो अभिव्यक्तिपछि आयोगले प्रसाईंविरुद्ध प्रहरीमा उजुरी दिएको थियो ।


















