Prakash Adhikari February 8, 2026

 

मुम्बई(भारत), २५ माघ । आईसीसी टी २० पुरुष विश्वकप अन्तरगत नेपालको पहिलो खेलमा प्रतिस्पर्धी इंग्ल्याण्डले १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मुम्बईको वानखेडे अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर ब्याटिड. रोजेको इंग्ल्याण्डले २० ओभरको निर्धारित खेलमा ७ विकेटको क्षतिमा १सय ८४ रन जोडेको थियो ।

इंग्ल्याण्डको लागि ज्याकब बेथले सर्वाधिक ५५ रनको योगदान गरे भने क्याप्टेन ह्यारी ब्रुकले ५३ रनको योगदान गरे ।

खेलमा इंग्ल्याण्डका विल ज्याकले ३९, जस बटलरले २६, टम बटन र साम कुरानले २ । २, फिल साल्ट र जोफ्रा आर्चरले १ । १ रनको योगदान गरे ।

इंग्ल्याण्डलाई रोक्ने क्रममा नेपालका नन्दन यादव र दीपेन्द्रसिंह ऐरीले २ । २ तथा शेर मल्ल र सन्दीप लामिछानेले एक एक विकेट लिए ।

 

Share Now