Prakash Adhikari February 10, 2026

काठमाडौं , २७ माघ। काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली जाँदै गरेको बस तामाकोशी नदीमा खसेको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाका अनुसार रामेछापको मचानेटार भन्ने ठाउँबाट यात्रुबाहक बस तामाकोशी नदीमा खसेको हो ।

प्रदेश ३ ०१(००५ख९९७५ नम्बरको बस दुर्घटनामा परेको खुलेको रामेछापका डीएसपी भोला भट्टले जानकारी दिनुभएको छ।

बसमा सवार ६ यात्रु भने घाइते अवस्थामा फेला परेकाले उद्धार गरेर उपचारका लागि पठाइएको छ ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Share Now