माल्दिभ्सको मालेस्थित सोसियल सेन्टर इन्डोर हलमा मंगलबार सम्पन्न तेस्रो स्थानको खेलमा पुलिसले श्रीलंकाको हिर्दारामानी क्लबलाई ३–१ सेटले पराजित गर्दै यसपटकको यात्रा अन्त्य गरेको छ।
खेलमा पहिलो सेट २५–२१ ले गुमाएको पुलिसले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै बाँकी तीनै सेट आफ्नो पक्षमा पार्न सफल भयो। दोस्रो सेट २५–१२, तेस्रो सेट २५–१६ तथा चौथो सेटमा २५–२२ ले विजयी भयो।
यसअघि सोमबार सम्पन्न सेमिफाइनलमा नेपाल पुलिस क्लब काजकिस्तानको तुरान भलिबल क्लबसँग ३–० सेटले पराजित भएको थियो । उपाधि दौडबाट बाहिरिएको नेपाल पुलिस क्लबले तेस्रो स्थानको खेलमा जित निकाल्दै प्रतियोगितामा कास्य पदक सुरक्षित गरेको हो।


















