बुटबल(रुपन्देही), २१ फागुन । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले प्रतिनिधिसभा सदस्यका उम्मेद्वारहरुलाई मतदान गर्नुभएको छ ।
उपाध्यक्ष पौडेलले आज बिहान ७ः०५ बजे प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा बुटवल ८ स्थित मतदान केन्द्रबाट मतदान गर्नुभयो । सो मतदान केन्द्रमा मतदान गर्ने उहाँ पहिलो मतदाता हुनुहुन्थ्यो ।
उहाँले मतदान पछि सामाजिक सञ्जालमार्फत यस निर्वाचनलाई लोकतन्त्रको उन्नत अभ्यास प्रमाणित गर्न र निर्वाचनबाट देश र जनताको पक्षमा ऐतिहासिक उपलब्धिका साथ अघि बढ्ने आधार तयार पार्न सम्पूर्ण मतदाताा महानुभावहरू समक्ष हार्दिक अनुरोध गर्नुभएको छ ।
एमाले महासचिव पोखरेलद्वारा मतदान
नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले तुलसीपुर उपमहानगरपालिका–१९ स्थित जनता विद्यापीठ मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्र्तगत दाङ क्षेत्र नं २ मा उम्मेदवारी दिनुभएका एमाले महासचिव पोखरेलले सो विद्यालयको (क) मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्नुभएको मतदान अधिकृत अशोक चौधरीले जानकारी दिनुभयो


















