काठमाडौं, १५ चैत्र । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक खड्कालाई प्रहरीले पक्राउ गरेको छ । उहाँलाई सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा पक्राउ गरिएको जनाइएको छ।
२०७९ सालमा संखुवासभाबाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएका दीपक खड्का तात्कालीन प्रधानमन्त्री सुशील कोइराला नजिक मानिनुहुन्थ्यो । तर उहाँलाई २०८० सालमा नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गर्नुभयो ।
जेनजी आन्दोलन अघि एमाले कांग्रेस सरकारमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री रहनुभएका खड्काले त्यसपहिले खानेपानी राज्यमन्त्रीको जिम्मेवारी पनि सम्हाल्नुभएको थियो । पहिले ट्रेकिड. व्यवसायमा संलग्न रहेर मनग्ये सम्पत्ति कमाउनुभएका खड्का नेपालमा घरजग्गा व्यवसाय उत्कर्षमा रहेको बेला त्यसमा पनि संलग्न हुनुहुन्थ्यो ।
साझेदारीमा लैनचौरस्थित स्काउटको जग्गामा लैनचौर बैंक्वेट सञ्चालन गर्नुभएका खड्का सो जग्गा लिजको विषयमा भने विवादमा फस्नुभएको थियो ।


















