Prakash Adhikari May 14, 2026

बेइजिङ-चीन), ३१ बैशाख । बेइजिङ र वासिङ्टनबीच होर्मज जलसन्धि खुला राख्नुपर्ने विषयमा सहमति भएको छ। ह्वाइट हाउसका एक अधिकारीले रोयटर्सलाई दिएको जानकारी अनुसार, यो महत्वपूर्ण जलमार्ग खुला राख्नका लागि दुवै पक्ष सहमत भएका हुन्।

यसअघि अमेरिकी अधिकारीहरूले इरानमाथि दबाब बढाउन चीनलाई सार्वजनिक रूपमा आग्रह गरेका थिए। गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेदेखि यो सामरिक जलमार्ग प्रायः बन्द अवस्थामा रहेको छ।

यसैगरी, ह्वाइट हाउसका अधिकारीले अमेरिकी सञ्चारमाध्यमलाई बताए अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङले यस जलसन्धिको सैन्यीकरण र यसको प्रयोग बापत शुल्क लिने कुनै पनि प्रयासको विरुद्धमा चीन रहेको स्पष्ट पार्नुभएको छ।

Share Now