Prakash Adhikari May 18, 2026

कीर्तिपुर(काठमाडौं), ४ जेठ । आईसीसी विश्वकप लिग २ अन्तरगत आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहको खेलमा नेपालले दुई विकेट झारेको छ । नेपालका लागि क्रिकेट टाइगर भनेर चिनिने दीपेन्द्रसिंह ऐरीले पहिलो विकेट लिए भने नेपाली क्रिकेट स्टार सन्दीपले दोस्रो विकेट लिए ।

टस हारेर फिल्डिड.को निम्तो पाएको नेपालका तर्फबाट चौथो ओभरको अन्तिम बलमा उनले स्कटल्याण्डका ओपनर फिन्ले म्याक्रेथको विकेट लिएका हुन् । म्याक्रेथले त्यसबेला १४ बलबाट ६ रन बनाएका थिए । अहिले खेल ११।३ ओभरमा पुगेको छ । नेपालका लागि सन्दीप लामिछानेले दोस्रो विकेट लिएका छन् । उनले ३१ बलमा २१ रन बनाएका जर्ज मुन्सेको विकेट लिएका हुन ।

Share Now