कीर्तिपुर(काठमाडौं), ४ जेठ । आईसीसी विश्वकप लिग २ अन्तरगत आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहको खेलमा नेपालले पाँचौ विकेट झारेको छ ।
नेपालका लागि नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेले दोस्रो, चौथो र पाँचौ विकेट लिएका हुन् ।आजको खेलमा यो उनको तेस्रो विकेट हो । यो विकेटसंगै सन्दीपले एक दिवसीय खेलमा सबैभन्दा छिटो १ सय ५० विकेट लिने खेलाडीको विश्व कीर्तिमान कायम गरेका छन् । सन्दीपले ७३ खेलमा १ सय ५१ विकेट लिएका छन् ।
आज सन्दीपले पाँचौ विकेटको रुपमा स्कटल्याण्डका म्याथु क्रसको विकेट लिएका थिए । उनले ४ बलमा एक रन बनाएको अवस्थामा क्रसलाई प्याभिलियनको बाटो देखाएका थिए ।
यस पहिले उनले चौथो विकेट लिएका थिए । उनले चौथो विकेटमा स्कटल्याण्डका ब्राण्डन म्याकमुलनलाई मैदान बाहिर पठाएका थिए । सन्दीपले २० औं ओभरको अन्तिम बलमा म्याकमुलनलाई बाहिर पठाउदा म्याकमुलनले ४४ बलमा ७३ रन बनाएका थिए ।
यस पहिले नेपालका शान्त बलर ललितसिंह राजवंशीले स्कटल्याण्डसंगको आजको खेलमा नेपाललाई तेस्रो सफलता दिलाएका थिए । उनले १४.१ ओभरमा स्कटल्याण्डका रिची बेरिड।टनको विकेट लिएका हुन् । उनले विकेट लिंदा वेरिड.टनले १५ बलमा १२ रन बनाएका थिए ।
त्यस अगाडि नेपालका लागि सन्दीप लामिछानेले दोस्रो विकेट लिए । उनले ३१ बलमा २१ रन बनाएका जर्ज मुन्सेको विकेट लिएका हुन ।
आजको खेलमा नेपालका लागि पहिलो सफलता क्रिकेट टाइगर भनेर चिनिने दीपेन्द्रसिंह ऐरीले दिलाएका हुन् ।
टस हारेर फिल्डिड।को निम्तो पाएको नेपालका तर्फबाट चौथो ओभरको अन्तिम बलमा उनले स्कटल्याण्डका ओपनर फिन्ले म्याक्रेथको विकेट लिएका हुन् । म्याक्रेथले त्यसबेला १४ बलबाट ६ रन बनाएका थिए ।








