Prakash Adhikari December 7, 2017

काठमाडौं., २१ मंसिर । प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचन मुलुकका ४५ जिल्लामा शान्तिपूर्वक शुरु भएको छ ।

मतदानकालागि मतदाताहरु बिहानदेखि नै मतदानकेन्द्रमा लामबद्ध भएका छन् ।

 

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधानलाई कार्यान्वयन गर्ने मार्गमा यो निर्वाचन ऐतिहासिक निर्वाचनको रुपमा अंकित हुनेछ ।

नेपाली जनताले प्रदेशसभाका लागि यही निर्वाचनमार्फत पहिलोपटक मतदान गरिरहेका छन् ।यो निर्वाचनले नेपालमा संघीयतालाई संस्थागत गर्नेछ ।

आज ४५ जिल्लाका प्रतिनिधिसभाका १ सय २८ र प्रदेश सभाका २ सय ५६ स्थानमा आज मतदान भैरहेको छ ।

 

आज प्रदेश नं। १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरीमा मतदान भइरहेको छ ।

यसैगरी प्रदेश नं। २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटमा मतदान भइरहेको छ ।

प्रदेश नं। ३ का सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर र भक्तपुर, प्रदेश नं ४ का नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तनँहु, कास्की, स्याङ्जा र पर्वतमा पनि मतदान शुरु भएको छ ।

प्रदेश नं। ५ का नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, कपिलवस्तु, दाङ, प्यूठान बाँके र बर्दिया, प्रदेश नं ६ का सल्यान, सुर्खेत र दैलेख तथा प्रदेश नं ७ का कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम र डोटीमा पनि मतदान सुरू भएको छ ।

चुनावी मैदानमा ४ हजार ४ सय ८२ उम्मेदवार

४५ जिल्लामा प्रतिनिधिसभाका १ सय २८ र प्रदेशसभाका २ सय ५६ निर्वाचन क्षेत्रमा हुने निर्वाचनमा क्रमश १ हजार ६ सय ६३ र प्रदेशसभाका लागि २ हजार ८ सय १९ गरी कुल ४ हजार ४ सय ८२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

यसैगरी, समानुपातिक निर्वाचनतर्फ प्रतिनिधिसभाका १ सय १० र प्रदेशसभाका २ सय २० पदमा ५ हजार ८ सय ३८ उम्मेदवार छन् ।

ती निर्वाचन क्षेत्र राखिएका सात हजार ७ सय ५२ मतदानस्थल र १५ हजार ३ सय ४४ मतदान केन्द्रबाट १ करोड २२ लाख ३५ हजार ९ सय ९३ मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्ने छन् ।

पहिलो चरणको निर्वाचन मंसिर १० मा सम्पन्न भइसकेको छ । पहिलो चरणको निर्वाचनमा करिब ६५ प्रतिशत खसेको थियो । दोस्रो चरणमा ७५ प्रतिशतभन्दा माथि मत खस्ने अनुमान निर्वाचन आयोगले गरेको छ ।

दोस्रो चरणको निर्वाचन सकिएलगत्तै मतगणना सुरु गर्ने तयारी निर्वाचन आयोगको छ ।

यही मंसिर १० गते पहिलो चरणमा भएको निर्वाचनको मतगणना पनि दोस्रो चरणको चुनाव सकिएलगत्तै सुरु हुनेछ । त्यसका लागि मतगणना स्थलमा सीसी टीभी क्यामरा जडान गरिएको छ भने तार जालीको बार समेत लगाइएको छ ।

निर्धक्क मतदान गर्न अपिल

निर्वाचनको पूर्व सन्ध्यमा राष्टपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवाले मतदातालाई निर्वाचनमा सहभागी भएर शान्ति र समृद्धिको अभियानमा सरिक हुन आग्र्रह गर्नुभउको छ ।

यस्तै पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, केपी शर्मा ओलीले पनि निर्वाचनमा सहभागी हुन आममतदातालाई आग्रह गर्नुभएको छ ।

निर्वाचन आयोगले सुरक्षाको पूर्ण प्रवन्ध मिलाइएकाले ढुक्क भएर मतदानमा सहभागी हुन अपिल गरेको छ । गृहमन्त्रालयले पनि शान्तिसुरक्षाको अवस्था मजवूत हुनुको साथै म्यादी,जनपद्, सशस्त्र र नेपाली सेनाको संयुक्त सुरक्षा प्रबन्ध गरिएकोले निर्धक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेको छ ।

यस्तै नेपाल प्रहरीले पनि सुरक्षा व्यवस्था अति राम्रो बनाइएको जनाउदै निर्वाचन विथोल्ने सबैलाई पक्राउ गरी कारबाही गरिएकोले ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ । मतदान स्थल वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

मतदानको लागि बिहान ७ः०० बजेदेखि साँझ ५ ः०० बजेसम्मको समय निर्धारण गरिएको छ । मतदान गर्न जाँदा मतदाता परिचयपत्र अनिवार्य गरिएको छ । परिचयपत्र नभएकाले आफ्नो परिचय खुल्ने सरकारी कागजात देखाएर पनि मतदानमा भाग लिन पाउने छन् ।

मतदाताले तीनवटा मतपत्रमा चार ठाउँमा मत संकेत गर्नुपर्ने छ । प्रतिनिधिसभाको हरियो र प्रदेश सभाको कालो मतपत्रमा एक ठाउँमा मत संकेत गर्नुपर्दछ ।

त्यसैगरी समानुपातिकतर्फको रातो मतपत्र एउटा मात्र हुनेछ । जसमा माथिको खण्डमा प्रतिनिधिसभाको लागि र तलको खण्डमा प्रदेशसभाको लागि मत संकेत स्वस्तिक छाप लगाउनुपर्ने छ ।

हिमाली र उच्च पहाडी क्षेत्रका ३२ जिल्लाका प्रतिनिधिसभाका ३७ र प्रदेश सभाका ७४ स्थानमा मंसीर १० गते नै शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भैसकेको छ ।

 

Share Now

Leave a comment.