Prakash Adhikari October 8, 2026

स्टकहोम-स्विडेन), २२ असोज-बीबीसी) । नोबेल समितिले यस वर्ष साहित्य विधातर्फको पुरस्कार क्यानडाकी एन कार्सनलाई दिने घोषणा गरेको छ।

ूशास्त्रीय परम्परासँगको रोचक संवादमार्फत् समकालीन साहित्यका लागि नयाँ रूपहरू सिर्जना गर्ने उहाँका साहसिक र नवीन कृतिहरूका लागिू कार्सनलाई यसपालि सम्मानित गर्ने निर्णय गरिएको नोबेल समितिले जनाएको छ।

कार्सनको जन्म सन् १९५० मा क्यानडाको टोरोन्टोमा भएको हो। सन् १९८१ मा उहाँले शास्त्रीय साहित्यमा विद्यावारिधिको शोधप्रबन्ध प्रकाशित गर्नुभयो। उहाँले कविता लेखनसँगसँगै अनुवाद र विभिन्न विश्वविद्यालयमा अध्यापन गर्दै आउनुभएको छ।

उहाँ नोबेल साहित्य पुरस्कार पाउने उन्नाइसौँ महिला हुनुहुन्छ।

कार्सनले सन् १९९० को दशकमा कैयौँ उल्लेखनीय कृतिहरू प्रकाशित गर्नुभयो। तीमध्ये सन् १९९५ मा प्रकाशित ुग्लास, आइरनी, एन्ड गडु मा समाविष्ट ुद ग्लास एसेुले विधाका सीमाहरू मेटिँदै जाँदा लामो कवितामा रहने सम्भावना र सामर्थ्यलाई उजागर गरेको छ।
सन् १९९८ मा उहाँको अर्को कृति ुअटोबायोग्राफी अफ रेडः अ नोभल इन भर्सु प्रकाशित भयो। त्यसलाई कार्सनको उत्कृष्ट रचना मानिन्छ। सन् २०१० मा प्रकाशित उहाँको कृति ुनक्सुको पनि निकै प्रशंसा हुँदै आएको छ।

नोबेल समितिका अनुसार उहाँका सबैजसो साहित्यिक कृतिहरूमा शब्दप्रतिको भाषाशास्त्रीय मोह र नयाँ अर्थको खोजीमा कविमा हुने उत्कट चाहना झल्किन्छ। ूउहाँले शब्दको व्युत्पत्तिलाई आफ्ना सबै रचनाहरूको प्रस्थानबिन्दु मान्दै आउनुभएको छ,ू नोबेल समितिले भनेको छ।

विजेतालाई १० डिसेम्बरमा स्टक्होममा पुरस्कार प्रदान गरिन्छ। त्यति बेला नोबेल पुरस्कारको पदक, डिप्लोमा र पुरस्कारस्वरूप प्राप्त हुने रकम पाएको पुष्टि गर्ने पत्र दिइन्छ।
नोबेल साहित्य पुरस्कारका लागि मनोनयन गर्नका लागि समितिले योग्य व्यक्तिहरूलाई पत्र पठाउने गर्छ। त्यस्ता व्यक्तिहरूमा स्वीडिश अक्याडमी र समान संरचना तथा उद्देश्य भएका अन्य प्रतिष्ठान र संस्थाहरूका सदस्यहरू, साहित्य र भाषाका प्राध्यापकहरू, नोबेल साहित्य पुरस्कार विजेताहरू अनि आफ्ना देशमा साहित्य सिर्जनाको प्रतिनिधित्व गर्ने लेखक समाजका अध्यक्षहरू पर्छन्।

पत्र नपाए पनि अरू योग्य व्यक्तिहरूले पुरस्कारका लागि नाम सिफारिस गर्न सक्छन्। तर कसैले पनि आफ्नो सिफारिस गर्न पाउँदैन।

स्वीडिश अक्याडमीले विजेताको नाम छान्छ। विजेताको नाम छान्ने समितिमा १८ सदस्य हुन्छन्।

नोबेल फाउन्डेशनको विधानले पुरस्कारका लागि नाम सिफारिस भएका व्यक्तिहरूको नाम ५० वर्षसम्म सार्वजनिक गर्न नपाइने उल्लेख छ।

यो वर्षका अरू विजेता को हुन् ?

सोमवारदेखि अहिलेसम्म चार विधाका विजेताको नाम घोषणा भएको छ।

चिकित्साशास्त्रःअमेरिकी मनोविद् तथा स्नायुविद् कार्ल डाइसरोथ अनि उनका जर्मन सहकर्मीहरू पिटर हेगेमान अनि गेयोर्ग नागेललाई अप्टोजेनेटिक्सको क्षेत्रमा महत्त्वपूर्ण गरेको कामका लागि
भौतिकशास्त्र स् बेल्जिअममा जन्मिएका र अमेरिकामा प्राध्यापन गर्ने फ्रान्सिस हाल्सनलाई ुआइसक्यूब न्यूट्रिनो अब्जर्भेटरीु स्थापना गर्न निर्णायक योगदान पुर्‍याएर अन्तरिक्षमा उत्पन्न उच्च ऊर्जायुक्त न्यूट्रिनोहरू पत्ता लगाएकाले
रसायनशास्त्रः फ्रान्सेली वैज्ञानिक अन्री बी कगान र जापानका केन्सो सोआईलाई प्राणीहरूमा विद्यमान रासायनिक असमतारूपको रहस्य पत्ता लगाएकाले
नोबेल पुरस्कार समितिका अनुसार अब शुक्रवार शान्ति र आगामी साता सोमवार अर्थशास्त्रतर्फ विजेताको नाम घोषणा हुने छ।

साहित्यमा नोबेल पुरस्कार यसअघि कसले पाएका थिए

तस्बिरको क्याप्शन,सन् २०२५ मा साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउनुभएको थियो ।
सन् २०२५ः हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइलाई ूप्रलयकारी भयका बीच पनि कलाको शक्ति पुनः पुष्टि गर्ने प्रभावशाली र दूरदर्शी रचनाहरूूका लागि
सन् २०२४ः दक्षिण कोरियाकी हान काङलाई ूऐतिहासिक सङ्घातको सामना गर्ने र मानव जीवनको कोमलता दर्साउने चरम काव्यात्मक गद्यका लागिू
सन् २०२३ः नर्वेका लेखक यून फोसालाई ूव्यक्त गर्न नसकिने कुरालाई नयाँ ढङ्गले नाटक तथा काव्यमा प्रस्तुत गरेकालेू
सन् २०२२ः फ्रान्सेली साहित्यकार एनी एर्नोलाई ूविषयका जडसम्म पुगेर, विछोड र सामूहिक संयमका स्मरणहरूबारे लेख्ने गरेकालेू
सन् २०२१ः अब्दुलरजाक गुरनाहलाई ूउनको औपनिवेशिक असर तथा संस्कृति र महादेशहरूबीचमा शरणार्थीको भाग्यबारे उनको सम्झौताबिनाको र प्रतिबद्ध प्रभावका लागिू
सन् २०२०ः अमेरिकी कवि लुइस ग्लकलाई ूसुन्दर काव्यात्मक आवाज का लागिू
सन् २०१९ः अस्ट्रियाका नाटककार पिटर हान्कलाई ुुसरल भाषामा मानव अनुभूतिको परिधिलाई उजागर गरेकालेू
सन् २०१८ः पोल्यान्डका लेखक ओल्गा तोकाचुकलाई ूजीवनको परिधिहरूभन्दा माथि गएर कथात्मक परिकल्पना गर्न सक्ने क्षमताका लागिू

विगतमा साहित्यतर्फको पुरस्कार अर्नेस्ट हेमिङ्वे, ग्याब्रिअल गार्सिया मार्खेज र टोनी मोरिसनजस्ता उपन्यासकार तथा पाब्लो नेरुडा, जोसेफ ब्रोड्स्की र रवीन्द्रनाथ ठाकुर तथा ह्यारोल्ड पिन्टर र युजीन ओनीललगायतका नाटककारले प्राप्त गर्नुभएको छ।

सन् २०१६ मा गायक बब डिलनले साहित्यतर्फको पुरस्कार स्वीकार गर्नुहोला कि नगर्नुहोला भन्ने अन्योल देखा परेको थियो।

अन्ततः उहाँले सन् २०१७ को जुन महिनामा उक्त पुरस्कारका लागि मन्तव्य दिएका थिए।

साहित्य विधाको पुरस्कारबारे रोचक जानकारी

यसअघि यो विधाको पुरस्कार दुईदुई लेखकलाई चार पटक -सन् १९०४, १९१७, १९६६ र १९७४ मा) संयुक्त रूपमा दिइएको थियो। तर अरू विधामा भन्दा यसमा एकल विजेताहरू अत्यधिक छन्।

अहिलेसम्म कुनै साहित्यकारले पनि दोहोर्‍याएर नोबेल पुरस्कार पाएका छैनन् भने दुई जनाले पुरस्कार लिन अस्वीकार गरेका छन्।

सन् १९५८ मा विजेता घोषित तात्कालिक सोभियत सङ्घका बोरिस पास्टर्नाकले सरकारी पक्षको दबावका कारण पुरस्कार लिनुभएन ।

जाँ पाल सार्त्रले आफूले सबै खालका सम्मान नलिएको भन्दै सन् १९६४ मा नोबेल पुरस्कार पनि अस्वीकार गर्नुभयो।

यसअघि सन् २०२४ मा समेत गरी कुल १८ महिलाले यो पुरस्कार हात पारेका थिए।

नोबेल साहित्य पुरस्कार पाउने सबैभन्दा कान्छा लेखक रड्यार्ड किप्लिङ हुनुहुन्छ। सन् १९०७ मा पुरस्कृत हुँदा उहाँ ४१ वर्षका हुनुहुन्थ्यो।

सन् २००७ मा पुरस्कार पाउँदा डोरिस लेसिङ ८१ वर्षकी हुनुहुन्थ्यो। नोबेल पुरस्कारबाट सम्मानित हुने उहाँ वृद्धतम साहित्यकार हुनुहुन्छ। उहाँको जन्म सन् १९१९ मा तात्कालिक पर्सियामा भएको थियो।

अहिलेसम्म केवल एक जनालाई मरणोपरान्त साहित्यतर्फको नोबेल पुरस्कार दिइएको छ। सन् १९३१ मा स्वीडनका कवि एरिक आक्सेल कार्ल्फेल्ट सम्मानित हुनुभएको थियो।

सन् १९६१ मा डाग ह्यामर्शोल्डले मरणोपरान्त नोबेल शान्ति पुरस्कार पाउनुभयो।

तर सन् १९७४ मा नोबेल फाउन्डेशनको विधानमा विजेताको नाम घोषणा भएपछि मृत्यु भएमा बाहेक कसैलाई पनि मरणोपरान्त पुरस्कार नदिने प्रावधान राखियो।

सन् २०१८ मा र विश्वयुद्धका बेला छ वर्ष साहित्यतर्फ नोबेल पुरस्कार कसैलाई पनि दिइएन।

सन् १९३५ मा चाहिँ योग्य पात्र नभेटिएको भन्दै पुरस्कार प्रदान गरिएको थिएन।

विन्स्टल चर्चिलबारे चर्चा

धेरैलाई ब्रिटिश नेता विन्स्टन चर्चिलले नोबेल शान्ति पुरस्कार पाउनुभएको थियो भन्ने लाग्छ। तर उहाँ सन् १९५३ मा साहित्यतर्फ पुरस्कृत हुनुभएको हो।

नोबेल समितिका अनुसार सन् १९४५ देखि १९५३ सम्म चर्चिलको नाम २१ पटक साहित्यततर्फ र दुई पटक शान्तितर्फ मनोनयनमा परेको थियो।

यद्यपि साहित्यतर्फ पुरस्कारका लागि प्रत्येक वर्ष हुने मनोनयन र पुरस्कार विजेता छान्ने समितिका सदस्यहरूले लेख्ने धारणा ५० वर्ष गोप्य राखिने गरेको छ।

सन् १९१३ मा भारतीय कवि रवीन्द्रनाथ ठाकुर नोबेल पुरस्कारबाट पुरस्कृत हुनुभयो। नाम मनोनयनमा परेकै वर्ष उहाँलाई उक्त पुरस्कार दिइएको थियो।

उहाँ पुरस्कार हात पर्ने प्रथम एशियाली र गैरयुरोपेली मूलका व्यक्ति हुनुहुन्छ।

Share Now