Prakash Adhikari October 23, 2026

काठमाडौं, ६ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारततर्फ प्रस्थान गर्ने हुनुभएको छ।

उहाँको यो भ्रमण पूर्ण रूपमा निजी तथा पारिवारिक रूपमा धार्मिक तीर्थाटनका लागि हुन लागेको निजी सचिवालयले जनाएको छ।

तीनदिने भ्रमणका क्रममा सभापति लामिछानेले भारतको उत्तराखण्डस्थित प्रसिद्ध नैनीतालमा रहेको कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पुगी पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ।

आध्यात्मिक तथा पारिवारिक भ्रमणको यो तीनदिने कार्यतालिका पूरा गरी उहाँ निर्धारित समयमै स्वदेश फर्कने सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

Share Now