Prakash Adhikari October 23, 2026

 

काठमाडौं, ६ कार्तिक । नेपाल क्रिकेट संघ (क्यान)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरूको टिकट मूल्य सार्वजनिक गरेको छ।

एनपीएलको लिग चरणका खेल हेर्न साधारणतर्फ ५ सय र प्रिमियमतर्फ १ हजार रुपैयाँ तिर्नुपर्नेछ।

क्यानका सचिव पारस खड्काले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार इलिमिनेटर र फाइनल खेलको टिकट मूल्य भने साधारणतर्फ १ हजार र प्रिमियमतर्फ २ हजार रुपैयाँ निर्धारण गरिएको छ।

एनपीएलका टिकट बुधवार साँझ ८ बजेदेखि खुलेको छ । टिकट इसेवामार्फत खरिद गर्न सकिने क्यानले जनाएको छ।

८ टोलीको सहभागितामा तेस्रो सिद्धार्थ बैंक एनपिएल कात्तिक ९ देखि मंसिर ५ गते (अक्टोबर २६ देखि नोभेम्बर २१) सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ।

Share Now