काठमाडौ, २२ मंसिर । पहिलो चरणमा निर्वाचन भएका जिल्लाका प्रनिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रारम्भिक नतिजा बामगठबन्धन तिर ढल्केको छ ।
बिहिबार बिहान ८ः०० सम्मको नतिजा अनुसार प्रतिनिधिसभा तर्फ बामगठबन्धनले मुस्ताड.,मनाड.,रुकुम पूर्वमा बाम गठबन्धनले बिजय हासिल गरेको छ ।
मुस्ताङबाट नेकपा एमालेका प्रेमप्रसाद तुलाचन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।तुलाचनले ३५४४ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोमी गौचन थकालीले ३२८१ मतमात्र ल्याए ।
मनाड.बाट एमालेका उम्मेद्वार पाल्देन पोल्देन छोपाङ गुरुङ प्रतिनिधिसभा सदस्यमा चुनिएका छन् ।
पूर्वमन्त्री तथा कांग्रेस नेता टेकबहादुर गुरुङलाई २ सय ८९ मतल पराजित गर्दै गुरुङ विजयी भएका हुन् । पोल्देन छोपाङ २ हजार ३ सय मतसहित जित हात पार्दा प्रतिद्वन्द्वी टेकबहादुरले २ हजार २१ मत पाएका छन् ।
रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रकी कमला रोका विजयी भएकी छन् । रोका पहिलो महिला निर्वाचित प्रतिनिधिसभा सदस्य बनेकी छन् ।
रोकाले १० हजार ४३४ मत पाइन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिशंकर घर्तीले ४ हजार ४०६ मत प्राप्त गरे ।