कीर्तिपुर(काठमाडौं), ७ पुस । नेपालको घरेलु लिग प्रतियोगिता मध्ये सन २०१८ को अन्तिम प्रतियोगिता एभरेस्ट प्रिमियर लिग टि(२० को फाइनलमा आज ज्ञानेन्द्र मल्लको नेतृत्व रहेको ललितपुर प्याट्रीएट्स र शरद भेसावकर नेतृत्व रहेका भैरहवा ग्ल्याडीएटर्स उपाधीका लागि प्रतिस्पर्धा गर्दैछन्।
फाइनल खेल त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा शनिवार दिउँसो १२ः३० बजे आरम्भ हुने कार्यक्रम छ ।
एभरेष्ट प्रिमियम लिगको फाइनल खेलको प्रत्यक्ष प्रशारण एपिवान टेलिभिजनले गर्दैछ भने टिभी उपलब्ध नभए वाउ टाइम, नेट टिभी जस्ता एप्स र विदेशमा नेपालफ्लिक्सको युट्युबमा हेर्न सकिनेछ ।
प्रतियोगितामा ललितपुर लिग चरणमा ४ जित र १ हार सहित अंकतालिकामा शिर्ष स्थानमा रहँदै प्लेअफ चरण प्रवेश गरेको हो । ललितपुरले पहिलो क्वालीफायरमा काठमाडौँ किंग्स-११ लाई १ विकेटले पराजित गर्दै सोझै फाइनलमा स्थान बनाएको थियो।
भैरहवा भने लिग अंकतालिकामा तेश्रो स्थान थियो । लिगमा ३ जित र २ हार व्यहोरेको भैरहवाले इलिमीनेटरमा चितवन टाइगर्सलाई ४ विकेटले तथा दोस्रो क्वालीफायरमा काठमाडौँ किंग्स-११ लाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
भैरहवा टिम :- शरद भेषावकर(कप्तान), प्रदिप ऐरी, आरिफ सेख, रोहित कुमार पौडेल, भुवन कार्की, प्रकाश केसी, कृष्ण कार्की, हरिशंकर शाह, दिपेश श्रेष्ठ, भुपेन्द्र थापा , कुशल मल्ल , बिदेशी खेलाडी : मोहम्मद नबिद (युएई), रबि इन्दर सिंह, रायन टेन डोस्काटे (नेदरल्याण्ड)
ललितपुर टिम :– ज्ञानेन्द्र मल्ल (कप्तान), सन्दिप लामिछाने, ललित नारायण राजवंशी, कुशल भुर्तेल, सुमित झा, सन्दिप जोरा, नारायण जोशी, योगेन्द्रसिंह कार्की, राशिद खान, शंकर राना, पवन सर्राफ, सोनु तामाङ, कमल खत्री , सुर्य तामांग , बिदेशी खेलाडी : सन्नी पटेल (भारत), गौरब तोमर (भारत), जयकिशन कोल्सावाला (भारत)
विजेतालाई २५ लाख पुरस्कार
तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको विजेताले २५ लाख पुरस्कार प्राप्त गर्ने भएको छ।
यस्तै ईपीएलको उपविजेता टोलीले १० लाख पाउने छन् ।
गत संस्करणको विजेता टोलीले २१ लाख रकम प्राप्त गरेको थियो।
यस संस्करणको विजेताले पाउने रकममा भने वृद्धि गरिएको हो ।
त्यस्तै प्रतियोगिताको प्येलर अफ दि सिरिजले टिभीएस बाइक पाउने छन्।
एभरेस्ट प्रिमियर लिगले पहिलो संस्करण सन् २०१६ मा विजेतालाई ५ लाख रुपैयाँ पुरस्कार राखेको थियो। त्यसपछि आयोजना भएको धनगढी प्रिमियर लिगले आफ्नो पहिलो संस्करणमा विजेतालाई १५ लाख रुपैयाँ दिएको थियो।
एभरेस्ट प्रिमियर लिगले आफ्नो दोश्रो संस्करणको विजेतालाई २१ लाख रुपैयाँ दिएको थियो जसलाई उछिन्दै धनगढी प्रिमियर लिगले आफ्नो दोश्रो संस्करणमा विजेतालाई २५ लाख रुपैयाँ प्रदान गरेको थियो। धनगढी प्रिमियर लिगलाई उछिन्दै कान्छो फ़्रेञ्चाइज टि२० लिग पोखरा प्रिमियर लिगले विजेतालाई २७ लाख रुपैयाँ पुरस्कार दियो।