कठमाडौं, ३ पौष । राँधी विद्युत कम्पनी लिमिटेडको आईपीओ आज(पौष ३ गते)देखि खुलेको छ ।
कम्पनीले ७ करोड ६४ लाख मूल्यका ७ लाख ६४ हजार कित्ता शेयर सर्वसाधरणका लागि खुल्ला गरेको हो ।
कम्पनीको विक्रि प्रबन्धक नविल इन्भेष्टमेण्ट बैकिंग लिमिटेडले जनाए अनुसार शेयर आवेदन छिटोमा पौष ६ र ढिलोमा पौष १७ गते बन्द हुनेछ ।
इच्छुक आवेदकले मुलुकका ७७ जिल्लाका आश्वा अनुमति पाएका बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् । आवेदकहरुले कम्तिमा ५० कित्ता र बढीमा ३ हजार ८ सय कित्तासम्म आवेदन दिन सक्नेछन् ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई सार्वजनिक निष्कासनको लागि कार्तिक ७ मा स्वीकृती दिएको थियो ।
कम्पनीले गत बैशाख ५ देखि जेठ ३ सम्म महिनामा लमजु¨का स्थानीयलाई ४ लाख १० हजार कित्ता शेयर वितरण गरिसकेको छ ।
कम्पनीले लमजु¨को घेर्मुमा ४ दशमलव ४ मेगावाट क्षमताको जलविद्युत आयोजना सम्पन्न गरी २०७१ बाट सञ्चालनमा ल्याएको छ ।
इक्रा नेपालले कम्पनीको आइपीओलाई ग्रेड ३ को स्तर निर्धारण गरेको छ ।
अधिकृत पूँजी १ अर्ब ५० करोड रहेको राँधी विद्युत कम्पनीको चुक्ता पूँजी ३० करोड ७५ लाख रहेको छ । स्थानीय र सर्वसाधरणलाई शेयर जारी गरेपछि यो ४१ करोड पुग्नेछ ।
कम्पनीले आर्थिक बर्ष २०७२।७३ मा ४ करोड ७४ लाख रुपैया नाफा आर्जन गरेको थियो ।