Prakash Adhikari December 18, 2017

काठमाडौं, ३ पौष । एभरेष्ट प्रिमियर लिग क्रिकेट आज(सोमबार)देखि त्रिभुवन विश्वविद्यालय किर्तिपुर मैदानमा सुरु हुँदैछ। उद्घाटन खेलमा बिहान ११ बजे काठमाडौं किंग्स र ललितपुर प्याट्रियोट्स बीचमा हुनेछ ।

क्रिकेटमा नेपालको सबैभन्दा ठूलो प्रतियोगिता मानिएको इपीएलमा काठमाण्डौ किंग्स् ईलेभेन, ललितपुर प्याट्रिएट्स, भैरहवा ग्लाडियर्टस, विराटनगर वारियर्स, पोखरा राइनोज र चितवन टाइगर्स गरि विभिन्न ६ टोलीहरु भिड्दै छन् । यो प्रतियोगिताको बिजेताले २१ लाख रुपैया हात पार्नेछ ।

टी(२० फर्म्याटमा खेलिने प्रतियोगितामा प्रत्येक टोलीले १ जना खेलाडी मार्की खेलाडीको रुपमा लिएका छन् । १० जना खेलाडीहरु काठमाण्डौमा भएको अक्सनबाट चयन गरिएका थिए भने हरेक टीममा कम्तिमा ३ जना विदेशी खेलाडीहरु हुनुपर्ने नियमअनुसार सबै टिमले आपसी समझदारीमा खेलाडीहरु भित्र्याएका छन्। हरेक टीममा थप एकजना खेलाडी ट्यालेन्ट हन्ट मार्फत छानिएका छन्।

काठमाडौँ किंग्स ईलेभेनमा सोमपाल कामि, ललितपुर प्याट्रियट्समा ज्ञानेन्द्र मल्ल, बिराटनगर वारियर्समा पारस खड्का, भैरहवा ग्ल्याडीयटर्समा शरद भेसावकर, पोखरा राइनोजमा शक्ति गौचन तथा चितवन टाइगर्समा दिपेन्द्र ऐरी मार्की खेलाडी रहेका छन् ।

कस्तो बन्यो त टीम

बिराटनगर वारियर्स


पारस खड्का (कप्तान, मार्की खेलाडी), आकाश बिस्ट, रामनरेश गिरि, अविनाश कर्ण, करन केसी, प्रनित थापा मगर, सुमित महर्जन, बसन्त रेग्मी, अनिल शाह, असिफ शेख, पुस्प थापा, बाबर हयात (विदेशी), अन्स्युमन राथ (विदेशी)

चितवन टाइगर्स

दिपेन्द्र सिंह ऐरी (मार्की खेलाडी), पृथु बास्कोटा (कप्तान), कमल सिंह ऐरी, शाहब आलम, ललित सिंह भण्डारी, सुनाम गौतम, योगेन्द्र कार्की, अनिल कुमार मण्डल, दिलिप नाथ, भिम सार्की, दिलिप नाथ, आकाश थापा (ट्यालेन्ट हन्ट), प्रबिण गुप्ता (विदेशी), साबेज खान (विदेशी), प्रमेश कुमार (विदेशी)

काठमाण्डौ किंग्स ईलेभेन

सोमपाल कामी (मार्की खेलाडी), नरेश बुढायर, सागर पुन, जितेन्द्र मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, सुशील कंडेल, सिद्धान्त लोहनी, पुरन बिक, बिक्रम भुसाल, अमर सिंह रौटेला, फरभेज महरुफ (कप्तान, विदेशी)अक्षय फर्नान्डिज (विदेशी), सागर कुमार (विदेशी)

ललितपुर प्याट्रियट्स

ज्ञानेन्द्र मल्ल (कप्तान, मार्की खेलाडी), मेहबुब आलम, सन्दिप लामिछाने, ललित राजबंशी, कुशल भुर्तेल, शंकार राना, पवन शर्राफ, राजबिर सिंह, सन्दिप जोरा, रासिद खान, सोनु तामांग, प्रतिस जिसी (ट्यालेन्ट हन्ट), रित गौतम (ट्यालेन्ट हन्ट), सुमित झा (ट्यालेन्ट हन्ट), बिपिन आचार्य (ट्यालेन्ट हन्ट), योगेश नागर (विदेशी), सुबोध भाटी योगेश नागर (विदेशी), जयकिशन अनिलकुमार कोलसावाला योगेश नागर (विदेशी)

पोखरा राइनोज

शक्ति गौचन (कप्तान, मार्की खेलाडी), बिनोद भण्डारी, सुशन भारी, सन्तोष भट्ट, सुनिल धमला, सौरभ खनाल, बिपिन खत्री, राजेश पुलामी मगर, किशोर महतो, नुर्धोज सेन, बिक्रम सोब, असिफ अलि (विदेशी), इन्स्रार उल्लाह (विदेशी), तास अलि (विदेशी)

भैरहवा ग्ल्याडीयटर्स

शरद भेसावाकर (कप्तान, मार्की खेलाडी), प्रदीप ऐरी, अभिनास बोहरा, भुवन कार्की, कृष्ण कार्की, प्रकाश केसी, रोहित पौडेल, हरि शंकर शाह, आरिफ शेख, दिपेश श्रेष्ठ, भुपेन्द्र थापा

दुई खेल हुने दिनहरुमा पहिलो खेल बिहान ९:०० बजे सुरु हुने छ भने दोश्रो खेल दिउसो १२ : ४५ बजे सुरु हुनेछ। प्रत्येक खेलको प्रत्यक्ष प्रशारण एपीवान एचडीले गर्नेछ ।

खेल हेर्न जाने साधारण दर्शकको लागि टिकट शुल्क १०० रुपैयाँ राखिएको छ भने बिद्यार्थीहरुलाई ५० प्रतिशत छुट दिंदै ५० रुपैयाँ तोकिएको छ ।

दर्शकहरुले टिकट आईएमईको सबै सेन्टर र काउन्टर तथा. मैदानमै आएर पनि लिन सक्नेछन्।

यसपटक प्रतियोगितामा मैदानको सजावट तथा अन्तर्राष्ट्रियको देखाउन समेत यसपटक बिशेष पहल गरिएको छ।

Share Now

Leave a comment.