Prakash Adhikari December 18, 2017

क्वेटा(पाकिस्तान), २ पौष । पाकिस्तानमा एउटा चर्चमा बन्दुकधारीहरुले आक्रमण गर्दा आठ जना मारिएको र अन्य कैयौं घाइते भएको विवरण प्राप्त भएका छन्।

उक्त घटना क्वेटा शहरमा भएको थियो।

क्वेटा, अफगानिस्तानसँगको सीमाबाट ६५ किलोमिटरको दूरीमा छ।

एएफपी समाचार संस्थाले प्रहरी अधिकारी अब्दुल रज्जाक चिमालाई उद्धृत गर्दै जनाएअनुसार आठ जनाको ज्यान गएको छ भने अन्य १५ जना घाइते भएका छन्।

ुमेथोडिस्टु चर्चमा प्रार्थना भइरहेका बेला आक्रमण भएको क्षेत्रीय गृहमन्त्री सर्फराज बुग्तीले स्थानीय सञ्चारमाध्यमलाई बताए।


पाकिस्तान

सन्दिग्ध आत्माघाती आक्रमण ठानिएको उक्त घटनामा कम्तीमा एकपटक विस्फोट भएको र त्यसपछि बन्दुकधारीहरुले गोली चलाएको विवरणहरुमा जनाइएको छ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

क्वेटा क्षेत्रमा पछिल्लो खालका आक्रमण पटकपटक हुने गरेका छन्।

त्यस्ता आक्रमण धेरैजसो हजारा शिया समुदायलाई लक्षित गरेजस्तो देखिन्छ।

Share Now

Leave a comment.