जर्सी सिटी(संयुक्त राज्य अमेरिका),११ माघ । ईन्द्रावती गाउँपालिका प्रमुख बंशलाल तामाङले संयुक्त राज्य अमेरिकाको जर्सी सिटी शहरसंग भगिनी सम्बन्ध कायम गराउनुभएको छ ।
जर्सी सिर्टीको हलमा शुक्रबार भएको कार्यक्रममा जर्सी सिर्टीका मेयर स्टेभन फुलप र नेपालको इन्द्रवती गाउँपालिका प्रमुख वंशलाल तामाड. मोक्तान बिचमा सिस्टर सिटी संझौतामा औपचारिक हस्ताक्षर सम्पन्न भएको छ।
जर्सी सिटी र इन्द्रावती गाउँपालिकाका बीच ८ बूँदे संझौता भएको छ । उक्त सम्झौता पत्रमा दुई शहरबीच शैक्षिक, प्राविधिक, साँस्कृतिक, कृषि, सामाजिक विकास, आर्थिक लगानी, वातावरणीय, आविष्कार, प्रसाशनिक साधनस्रोत, सुशासन, खेलकूद लगायतका क्षेत्रमा आदानप्रदान गर्ने उल्लेख गरिएको छ।
जर्सी सिटी र इन्द्रावतीका बीचमा भगिनी सम्बन्ध बनाउन जर्सी सिटी परिषदद्वारा गत डिसेम्वर १९ तारिखका दिन परिषद प्रस्ताव पारित भएको थियो ।
जर्सी सिटी मेयर स्टेभन फुलपकी सल्लाहकार तथा नगर र गाउँपालिकाकी विशेष दूतको रूपमा नियुक्त डा। विष्णुमाया परियारकै पहलमा भगिनी सम्बन्ध कायम भएको जनाइएको छ ।
ईन्द्रावती गाउँपालिका प्रमुख बंशलाल तामाङ अमेरिकाको अस्थायी आवासीय पत्र (ग्रिन कार्ड) त्यागेर नेपाल फर्कनुभएका व्यक्तित्व हुनुहुन्छ । माओवादी द्धन्द्धका बेला जीवन असुरक्षित महसूस गरी अमेरिका पुग्नुभएका वंशलाल शान्ति प्रक्रियापछि नेपाल आउनुभएको हो र उहाँ २०७४ सालमा सम्पन्न स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेर इन्द्रावती गाउपालिकाको प्रमुखमा निर्वाचित हुनुभएको हो ।