Prakash Adhikari January 26, 2019

दुबाई(संयुक्त अरब इमिरेट्स), १२ माघ । युएई भ्रमणमा रहेको नेपाली राष्टिय टीमले भ्रमणको दोस्रो खेलमा चमत्कारिक सुधार गरेको छ ।
टस जितेर ब्याटिड. रोजेको नेपालले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाएर २४२ रनको योगफल तयार पार्यो र प्रतिस्पर्धी युएईको सामु २४३ रनको लक्ष्य प्रस्तुत गर्यो ।

नेपालले शुक्रबार युएई भ्रमण श्रृखला अन्तरगतको पहिलो खेलमा ११३ रन मात्र जोडेको थियो ।

Mohammad Naveed , Paras Khadka

शनिवारको खेलमा पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले ६१ रनको साझेदारी गरे । विनोद भण्डारी २१ रन बनाउँदै आउट भए । त्यसपछि क्रिजमा आएका पारस खड्का, दिपेन्द्र सिंह ऐरी र पवन सर्राफले भने राम्रो खेल्न सकेनन् । पारसले २१ रन बनाए भने दिपेन्द्रले १० र पवनले ८ रन जोडे ।

त्यसपछि क्रिजमा आएका आरिफ शेख र रोहित कुमार पौडेलले नेपालको योगफलमा उत्कृष्ट योगदान गरे । उनीहरुले ८२ रनको पार्टनरसिप गरेपछि नेपाल बलियो स्थितीमा पुगेको थियो । आरिफ शेख २९ रन बनाएर आउट हुँदा नेपालले १९५ रन बनाएको थियो । त्यसपछि रोहित कुमार पौडेलले करियरकै पहिलो एक दिवसीय अर्धशतक बनाए ।

उनी अन्तर्राष्ट्रिय एक दिवसीयमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडी समेत बने । रोहितले ५५ रनको योगदान दिएर आउट भए । त्यसपछि करण केसीले ११ बलमा एक चौका र दुई छक्का प्रहार गर्दै १८ रन बनाए । अन्तिममा सन्दिप लामिछानेले पनि १० बलमा १४ रन जोडे ।

एकदिवशीयमा नेपालकाे उच्च स्काेर, युएइसामु २४३ रनकाे लक्ष्य

बलिङ तर्फ अमिर हयात र इमरान हैदरले ३,३ विकेट लिए भने मोहम्मद नाभिद, जहुर खान र अश्फाक अहमेदले १ ।१ विकेट लिए ।

 

 

                                                                           R,B,4s,6s,SR
S Lamichhane not out 14,10,2,0,140.00
LN Rajbanshi not out 3, 5, 0, 0,60.00
Extras
17 (b 4, lb 1, nb 1, w 11)
TOTAL
242/9 (50 Overs, RR: 4.84)
Fall of wickets: 1-61 (B Bhandari, 15.3 ov), 2-70 (G Malla, 18.3 ov), 3-85 (DS Airee, 21.6 ov), 4-110 (P Sarraf, 26.4 ov), 5-113 (P Khadka, 28.6 ov), 6-195 (Aarif Sheikh, 44.3 ov), 7-208 (RK Paudel, 46.1 ov), 8-221 (Karan KC, 46.6 ov), 9-225 (Sompal Kami, 47.4 ov)
BOWLING O M R W ECON 0s 4s 6s WD NB
Mohammad Naveed 10 1 56 1 5.60 33 7 0 2 0
Zahoor Khan 10 2 42 1 4.20 38 6 0 1 0
Amir Hayat 10 1 41 3 4.10 40 1 2 4 0
Ashfaq Ahmed 10 1 44 1 4.40 33 4 0 0 0
Imran Haider 10 0 54 3 5.40 30 3 0 4 1
Share Now

Leave a comment.