Prakash Adhikari February 20, 2019

सानेपा(ललितपुर),८ फागुन । नेपाली कांग्रेसले अष्ट्रेलियामा अध्ययन गर्न गएका १ हजार भन्दाबढी नेपाली विद्यार्थी विचल्लीमा परेको घटनालाई गम्भिरतापूर्वक लिई उनीहरुलाई स्वदेश फर्काउन वा त्यही थप अध्ययनको व्यवस्था मिलाउन पनि नेपाली कांग्रेसले सरकारलाई आग्रह गरेको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माद्धारा बुधबार जारी विज्ञप्तिमा यसप्रति नेपाली कांग्रेसको ध्यान गम्भीर ढंगले आकृष्ट भएको जनाउदै नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समितिलाई तत्काल यसबारे थप सूचना लिन र आवश्यक समवन्य गर्न कांग्रेस केन्द्रीय कार्यालयका तर्फबाट निर्देशन गरिसकिएको जानकारी पनि दिनुभएको छ ।

अस्ट्रेलियन सरकारले हालै त्यहाको एआएबीटी कलेजको दर्ता खारेज गरेको समाचार सार्वजनिक भएको थियो।

ब्रिजबेन र सिड्नीमा रहेको एआइबीटी कलेजमा मात्र करिब एक हजारको संख्यामा नेपाली विद्यार्थी अध्ययनरत भएको जनाइएको छ ।

‘स्थानीय एक शैक्षिक प्रतिष्ठानले विधिवत दर्ता र सम्बन्धन बेगर विद्यार्थी भर्ना लिएर हजारौँको भविष्य अन्यौलमा पु¥याएको र नर्सिङ अध्ययन गर्न गएका हाम्रा नेपाली विद्यार्थी समेतले मार्मिक चोट भोग्नु परेको सार्वजनिक विवरणले अभिभावक सँगै हामीलाई पनि मर्माहत तुल्याएको छ,’ शर्माद्धारा प्रकाशित विज्ञप्तिमा भनिएको छ ।

नेपाली कांग्रेसले ती विद्यार्थीहरुको उद्धार र उचित शैक्षिक प्रबन्धका लागि तत्काल अष्ट्रेलिया सरकारसँग आवश्यक पहल गर्न र पीडित विद्यार्थीहरु एवं अभिभावकको भावना अनुरुपको व्यवस्थापनमा तत्कालै अग्रसरता निभाउन सरकारलाई आग्रह गरेको छ ।

कांग्रेसले दर्ता नभएको क्याम्पसमा विद्यार्थी पठाउने कन्सल्टेन्सीहरुबारे आवश्यक विवरण संकलन गरी आवश्यक कार्वाही प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गरेको छ ।

Share Now

Leave a comment.