धनगढी(कैलाली), ८ फागुन । सीवाईसी अत्तरिया धनगढी प्रिमियर लिगको तेस्रो संस्करणको फाइनलमा प्रवेश गरेको छ ।
साविक उपविजेता टिम काठमाडौं गोल्डन्स्लाई ४१रनले हराउँदै अत्तरीया डीपीएलको फाइनलमा पुगेको होे ।
फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अत्तरीयाले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १० रन बनाएको थियो । उसले दिएको १ सय ११ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरको खेलमा १९ औं ओेभरको तेस्रो बलमा अल आउट भयो ।
टस जितेको अत्तरियाले २६ रनमा पहिलो विकेट गुमायो । उसका ओपन जयकिशन कोल्सावाला मात्र १३ रनमा आउट भए । त्यसको लगत्तै रित गौतम खाता नखोली पेभेलियन फर्किए ।
त्यसपछि दिपेन्द्रसिंह ऐरी र सुविन्धु पाण्डेले तेस्रो विकेटका लागि ३० रनको साझेदारी गरे । ६६ रन हुँदा कप्तान दिपेन्द्रसिंह ऐरी ३३ रनमा आउट भए । त्यसको लगत्तै अर्का खेलाडी सुविन्धु पाण्डे उनले १६ रन बनाएर बाहिरिए । पाँचौ विकेटका लागि सन्नी पटेल र जितेन्द्रसिंह ठकुरीले ३५ रनको साझेदारी गरेका थिए । सन्नी पटेल २८ रनमा आउट भए भने जितेन्द्र मात्र ६ रनमा पेभेलियन फर्किए । यसरी अत्तरीयाले १ सय ६ रनमा ६ विकेट गुमायो ।
बलिङमा अंकित दबावस र सूर्य तामाङले दुई दुई विकेट लिए ।
्र१ सय ७ रनको लक्ष्य पाएको काठमाडौंको सुरुआत खराव भयो । उसले एक रन हुँदा पहिलो विकेट गुमायो भने १३ रन बनाउदा तीन विकेट खेर फाल्यो । ओपनर अनिल शाहको रन निल भयो । महबूब आलम एक रनमा पेभेलियन फर्किए । यस्तै कप्तान ज्ञानेन्द्र मल्ल पनि ११ रनमा आउट भए । त्यसपछि अंकित दबास मात्र ६ रनमा आउट भएपछि काठमाडौंले ३९ रनमा चार विकेट गुमायो ।
उसका कुनैपनि खेलाडीबीच राम्रो साझेदारी हुने सकेन । एकपछि अर्को विकेट गुमाएको काठमाडौंले ६२ रन बनाउदा आठ विकेट खेर फाल्यो । अन्तत काठमाडौं ६९ रनमा अलआउट भयो ।
अब काठमाडौंले फाइनल प्रवेशका लागि रुपन्देही र महेन्द्रनगरबीचको विजेतासँग खेलेर जित्नुपर्नेछ ।