Prakash Adhikari February 20, 2019

 

काठमाडौं, ८ फागुन । “अख्तियारः सानो माछामात्र होइन, ठूलो पनि समाउ” भन्दै अख्तियार दुरूपयोग अनुषन्धान आयोगबाहिर प्रदर्शन गर्न गएका विवेकशील साझा पार्टीका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले जारी गर्नुभएको विज्ञप्तिका अनुसार अख्तियारलाई सघाउने र भष्टाचारको विरोध गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको थियो ।

विरोध कार्यक्रममा प्रतिकात्मक माछा बनाएर त्यसक ो बाहिर “वाइडबडी काण्ड, सुन काण्ड, एनसेल काण्ड, फोरजी काण्ड, स्वीस काण्ड” आदि लेखिएको थियो।

‘हामी ट्र्याफिक अवरोध गर्दैनौं, लाइनबाट जान्छौं’ भन्दाभन्दै प्रदर्शनकारीहरूलाई गिरफ्तार गरिएको थियो। गिरफ्तार हुनेमा पार्टीकी प्रदेश ३ संयोजक समिक्षा बास्कोटा, केन्द्रीय सदस्य मानवी पौडेल, काठमाडौं जिल्ला संयोजक अनुपा श्रेष्ठ र ललितपुर जिल्ला संयोजक उज्वलकृष्ण श्रेष्ठ पनि छन्।

विवेकशील साझा पार्टीले शान्तिपूर्ण ढङ्गबाट गरिएको प्रदर्शन समेत दबाउन खोज्नुले यो सरकार तानाशाही बन्दै गइरहेको छ भनि आम रूपमा गरिन थालेको टिप्पणीलाई पुष्टी गरेको बताएको छ । उसले सरकारको यस्तो रवैयालाई शान्ति भन्दा हिंसा र सदाचारभन्दा भ्रष्टाचार बुझ्ने नेतृत्वको रूपमा लिएको छ।

विवेकशील साझाले भष्टाचार विरोधी अभियान अन्तरगत आउँदो मंगलबार, फागुन १४ गते विहान ११ बजे अख्तियारअगाडि पुनः शान्तपूर्ण प्रदर्शन गर्दै अख्तियारका प्रमुख आयुक्तलाई ज्ञापनपत्र बुझाउने र सोही समयमा देशका अन्य भागमा पनि “सानो माछामात्र होइन, ठूलो पनि समाउm” भन्ने मूल नारासहित भ्रष्टाचार विरोधी प्रदर्शनहरू गर्ने बताएको छ।

Share Now

Leave a comment.