आबुधावी(युनाइटेड अरब इमिरेट्स)ं, २१ फागुन । पाकिस्तान सुरप लिग अन्तरगत आज भएको खेलमा नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने आबद्ध लाहोर क्वालन्दर्सले प्रतिस्पर्धी पेशावर जाल्मीविरुद्ध १ सय २५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
पाकिस्तान सुपर लिग अन्तरगत युएईको आबुधावीमा भएको खेलमा टस हारेर ब्याटिड.को निम्तो पाएको लाहोर निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउदै १ सय २४ रन जोडेको थियो ।
लाहोरका लागि हरिस सोहैलले सर्वाधिक ४३ रन, डि वाईसले २६, उमर मसूदले २२,फकर जमाल र सोहेल अख्तरले ११/११,एपी डेभरिचले ५, सहिन साह अफ्रिदी र आरएस टेन दुईस्चेटले २ / २ रन जोडे ।
बलिड.तर्फ पेशावर जाल्मीका टी एस मिलले ३, समिन गिलले २ एलए डाउसन र वाहव रियाजले एक /एक विकेट लिए ।