Prakash Adhikari March 30, 2019

मुम्बई(भारत),१६ चैत्र । श्रीदेवीकी सुपुत्री जान्ह्वी कपूरले एक अर्को ठूलो फिल्ममा अभिनय गर्ने भएकी छन् ।

उनी चाँडै भर्सटायल अभिनेता राजकुमार रावसँग फिल्म ‘रूह-अफ्जा’ मा देखिनेछिन् । निर्माता दिनेश विजानको यस फिल्ममा वरुण शर्माको पनि अभिनय रहनेछ । जान्ह्वी यो फिल्ममा रूही र अफसानाको रुपमा देखिनेछिन् । अर्थात् उनको डबल रोल रहनेछ ।

दिनेशले एक बयानमा भनेका छन्, ‘फिल्मका लागि हामीलाई यस्तो अभिनेताको खाँचो थियो, जो आफ्नो भूमिकामा सहज रुपमा ढल्न सकुन । राजकुमार राव र वरुण सानदार अभिनेता हुन् । दुईले आफ्नो अन्दाजमा उत्कृष्ट कमेडी गर्दछन् ।’

फिल्मलाई हार्दिक मेहताले निर्देशन गर्नेछन् भने दिनेशलाई मृगदीप सिंह लाम्बाले निर्माणमा सघाएका छन् ।

निर्माताले जान्ह्वी कपूरको बारेमा भनेका छन्, ‘मुख्य नायिकाको रुपमा हामीलाई यस्तो कलाकारको खाँचो थियो, जो दुई अलग तरिकाको व्यक्तित्व भएको भूमिका निभाउन सकोस् र जाह्ववी यसमा खरो उत्रिइन् ।’

फिल्मको पटकथामा नयाँपन छ र अभिनेत्री पनि यस्तै छिन् । २० मार्च २०२० मा फिल्म रिलिज हुनेछ ।

जान्ह्वी कपूर एक्टर राजकुमार रावको निकै ठूलो फ्यान हुन् । ‘कफी विद करण ‘मा उनले राजकुमार आफूलाई निकै मनपर्ने बताएकी थिइन् । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘धडक’ बाट सुखद डेब्यू गरेकी उनी चाँडै करण जाहरको ‘तख्त’ र ‘कारगिल गर्ल’गुञ्जन सक्सेनाको बायोपिकमा पनि देखिँर्दैछिन् ।

Share Now

Leave a comment.