Prakash Adhikari March 30, 2019

हेटौडा(मकवानपुर), १६ चैत्र । हेटौडामा भएको भूगर्भ सिमेन्ट शहिद स्मृति दोस्रो मकवानपुर गोल्डकप फुटबल खेलको उपाधि आयोजक मकवानपुर–११ ले जितेको छ ।

हेटौडास्थित वन विभान अध्ययन संस्थानको खेलमैदानमा भएको फाइनल खेलमा मकवानपुरले मोफसलको फुटबलमा एकतर्फी रवाफ जमाईरहेको क्यामरुनको दाफिन्स फुटबल, क्लबलाई २–१ ले पराजित गरेको छ ।

मकवानपुरको जितमा दुवै गोल योगेश गुरुङले गरे । विजेता बनेको मकवानपुरले उपाधिसहित नगद ८ लाख हात पार्यो ।
उपविजेता दाफिन्सले ४ लाख जित्यो ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा गत चैत्र ७ गतेदेखि शुरु प्रतियोगितामा कुल १० टोलीहरुले सहभागिता जनाएका थिए ।

Share Now

Leave a comment.