नयाँदिल्ली(भारत), १६ चैत्र । इन्डियन प्रिमियर लिग आईपीएलको १० औं खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई पराजित गरेको छ।
कोलकाताले तेश्रो खेल खेल्दा पहिलो हार बेहोर्यो।
निर्धारित २० ओभरको खेलमा दुवै टीमको रन बराबरी भएपछि खेल सुपर ओभर पुगेको हो ।
सुपर ओभरमा दिल्लीले पहिले ब्याटिंग गर्दै दिएको ११ रनको लक्ष्य पछ्याउने क्रममा कोलकोताले १ विकेट गुमाएर ७ रन मात्रै बनाउन सक्यो।
यस अघि टस हारेर ब्याटिड.को निम्तो पाएको कोलकोताले निर्धारित २० ओभरको नियमित खेलमा १ सय ८५ रन बनायो र प्रतिस्पर्धी दिल्लीलाई १ सय ८६ रनको लक्ष्य दियो ।
टस जितेर पहिले फिल्डिड. रोजेको दिल्लीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८५ रन नै बनाउदा खेल सुपर ओभरमा पुगेको थियो।
कोलकाताले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले ओपनर शिखर धवनलाई चाडै गुमाउन पुग्यो। ९ बलमा २ चौका र १ छक्का मदतले १६ रन बनाएका शिखरलाई पियुष चावलाले आउट गरे।
तेश्रो ओभरमा धवन आउट भएपछि अर्का ओपनर पृथ्वी शा र कप्तान श्रेयस ऐयरले दोश्रो विकेटको लागि ८९ रनको साझेदारी गर्दै दिल्लीको योगफल १०० पार गराए। कप्तान ऐयरलाई आन्द्रे रसेलले १२ औं ओभरमा क्याच आउट गराए।
दोश्रो विकेट गुमे पछि पृथ्वी शा र ऋषभ पन्तले दिल्लीको योगफल अघि बढाए। दुवैले तेश्रो विकेटको लागि ५४ रनको साझेदारी गरे र दिल्लीलाई जित नजिक पुर्याए। ऋषभ ११ रन बनाएर कुलदिप यादबको बलमा १८ औं ओभरमा आउट भए।
आईपीएल करियरमा पहिलो शतकको नजिक पुगेका पृथ्वी शाँ शतकबाट १ रन टाढा हुँदा लकी फर्गुसनको बलमा क्याच आउट हुन पुगे। ५५ बलमा उनले १२ चौका र ३ छक्का मदतले ९९ रन बनाएका थिए।
दिल्लीलाई अन्तिम ओभरमा जितको लागि ६ रन आवस्यक थियो र बलिंग गर्दै थिए कुलदीप यादब। कुलदीपले आफ्नो अघिल्लो ओभरमा ३ रन दिएर १ विकेट लिने क्रममा ऋषव पन्तको विकेट लिएका थिए।
अन्तिम ओभरको पहिलो बलमा हनुमा बिहारीले १ रन लिएपछि दोश्रो बलमा कोलिन इन्ग्रामले २ रन लिए। तेश्रो बलमा इन्ग्रामले रन बनाउन सकेनन्। ३ बलमा ३ रन आवस्यक रहंदा चौथो बलमा इन्ग्रामले १ रन लिए। पाँचौ बलमा हनुमा बिहारी क्याच आउट हुन पुग्दा खेल रोमान्चक बनेको थियो।
दिल्लीलाई अन्तिम बलमा जितको लागि २ रन आवस्यक रह्यो। क्रिजमा रहेका इन्ग्रामले अन्तिम बलमा १ रन पुरा गरे र २ रन लिने चक्करमा उनि रन आउट हुन पुगे। खेल टाई भयो र सुपर ओभरमा पुग्यो।
सुपर ओभरको नतिजा दिल्लीलाई
सुपर ओभरमा दिल्लीको लागि ब्याटिंग गर्न ऋषभ पन्त र कप्तान श्रेयस ऐयर आए। कोलकाताको लागि बलिंगमा प्रसिद्ध कृष्ण आए जसले खेलमा ४ ओभर बलिंग गर्दै ३३ रन खर्चिएका थिए।
दिल्लीको ब्याटिंगमा पहिलो बलमा ऋषव पन्तले १ रन, दोस्रोमा श्रेयस ऐयरले चौका,तेस्रोमा ऐयर आउट, चौथोमा पन्तले २ रन, पाचौमा २ रन र छैठौमा २ रन बनाए ।
सुपर ओभरमा दिल्लीले दिएको ११ रनको लक्ष्य पछ्याउन कोलकाता कप्तान दिनेश कार्तिक र आन्द्रे रसेल आए। दिल्लीले कागीसो रबाडालाई बलिंग गर्न पठायो।पहिलो बलमा रसेलले चौका हाने दोस्रोमा उनी आउट भए,तेस्रोमा रसेल बोल्ड आउट, चौथोमा रोविन उथप्पाले १ रन,पाचौमा दिनेश कार्तिक १ रन र छैठो बलमा रोविन उथप्पाले १ रन जोडे ।
कोलकाताको ब्याटिंग
खेलमा टस जितेर दिल्लीले पहिले बलिंग गर्ने निर्णय गरेपछि दिल्लीको घरेलु मैदान फिरोजशाहमा कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८५ रनको योगफल तयार गरेको थियो।
टस हारेर ब्याटिंग गरेको कोलकाताको सुरुवात राम्रो हुन सकेन। ओपनर निखिल नैक ७ रन तथा क्रिस लिन २० रन बनाएर आउट भए भने रोबिन उथप्पाले पनि ११ रन मात्रै बनाउन सके। निखिल राना १ रन तथा शुभमन गिल ४ रन मात्रै बनाएर आउट हुँदा कोलकाताले पहिलो ५ विकेट ६१ रनमा गुमाएको थियो।
नैकलाई सन्दीप लामिछानेले चौथो ओभरमा एलबिडब्लु धरापमा पारेका थिए भने हर्षल पटेलले उथप्पा र नितिश रानाको विकेट लिए।
५ विकेट गुमेपछि भने दिल्लीको लागि आन्द्रे रसेल र दिनेश कार्तिकले उत्कृष्ट साझेदारी गरे। छैठौं विकेटको रुपमा आक्रामक ब्याटिंग गर्ने क्रममा दुवैले ९५ रनको साझेदारी गरे।
रसेल १८ औं ओभरमा आउट हुनु अघि उनले मात्र २८ बलमा ६ छक्का र ४ चौका प्रहार गरे। यस क्रममा उनले सन्दिप लामिछानेले गरेको इनिंगको १२ औं ओभरमा लगातार २ छक्का प्रहार गरेका थिए। २३ बलमा अर्धशतक पूूरा गरेका रसेललाई क्रिस मोरिसले क्याच आउट गराए।
रसेलको विकेटपछि अर्को किनारमा आक्रामक ब्याटिंग गरेका दिनेश कार्तिक पनि ५० रन बनाएर आउट भए जसले ३६ बलमा ५ चौका र २ छक्का प्रहार गरे।
इनिंगको अन्तिममा पियुष चावलाले १२ रन र कुलदिप यादबले १० रन बनाएपछि कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८५ रनको योगफल तयार गर्यो ।
दिल्लीको बलिंगमा हर्षल पटेलले सर्वाधिक २ , कागीसो रबाडा , क्रिस मोरिस , अमित मिश्रा र सन्दिप लामिछानेले समान १ । १ विकेट लिए। दुई विकेट रन आउटबाट गयो । ५ बलर मध्ये सन्दीप सबैभन्दा किफायती रहे।