Prakash Adhikari April 1, 2019

काठमाडौँ, १८ चैत्र । नेपाली कांग्रेसले बारा र पर्सा लगायत तराईका विभिन्न स्थानहरुमा आएको भीषण हावाहुरीबाट प्रभावितहरुका लागि पार्टीको तर्फबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने हरेक सांसदले राहत स्वरुप दुई दुई दिनको तलब बारबरको रकम सहयोग गर्ने निर्णय गरेको छ ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले सामेबार एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिनुभएको हो ।

यसअघि नेकपाका सांसदहरुले एक दिनको पारिश्रमिक सहयोग गर्ने घोषणा गरेका थिए ।

Share Now

Leave a comment.