चण्डिगढ(पञ्जाब,भारत),१८ चैत्र । भारतको चर्चित घरेलु क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगत आज नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स र किंग्स् ११ पञ्जाबबीच प्रतिस्पर्धा हुने भएको छ ।
पञ्जावको राजधानी चण्डिगढको मोहली क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार राति सवा ८ बजे सुरु हुँदैछ ।
दुवै टिमको यो चौथो खेल हो । दिल्लीले अहिलेसम्म तीन मध्य २ खेलमा जित र एक खेलमा हार ब्यहोर्दै ४ अंक बटुलेर अंक तालिकामा दोस्रो स्थान सुरँिक्षत गरेको छ । पञ्जाबले पनि समान ३ खेल मध्ये २ मा जित र एकमा हार व्यहोरर्दै ४ अंक जोडेको छ तर रन रेटका आधारमा ऊ चौथो स्थानमा रहेको छ ।
आइपीएलमा दिल्ली र पञ्जाब अहिलेसम्म २२ पटक भिडेका छन् । जसमा दिल्ली ९ र पञ्जाबले १३ पटक विजयी बनेका छन्।
मोहली मैदानमा भएका ६ वटा खेलमा दिल्लीले अहिलेसम्म एक पटक मात्रै पञ्जाबलाई जितेको छ ।
रविचन्द्र आश्विनको कप्तानीमा रहेको पञ्जाबले पछिल्लो खेलमा मुम्बई इण्डियन्सलाई सहजै पराजित गरेको थियो ।
उक्त खेलमा ओपनर ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेका थिए । लोकेश राहुल नट आउट ७१ रन बनाउँदा क्रिस गेलसँग ५३ रनको साझेदारी गर्दै बलियो सुरुआत दिलाएका थिए । यसैगरी बलरहरु पनि लयमा देखिएका छन् ।
उता दिल्लीको टिम पनि यसपटक आएको छ । पहिलो खेलमा मुम्बई इण्डियनलाई पराजित गरेको दिल्ली चेन्नई सुपर किंग्ससंग पराजित भए पनि कोलकोता नाईट राईडर्सलाई यसले पराजित गरेको छ । पछिल्लो खेलको नतिजा सुपर ओभरबाट आफ्नो पक्षमा पारेको दिल्लीको मनोबल उच्च रहेको छ ।
सो खेलमा दिल्लीका युवा ब्याट्सम्यान पृथ्वी शाले ९९ रन बनाएका थिए । यसका साथै शिखर धवन, श्रेयस अय्यर, हनुमा विहारी र ऋषभ पन्तले ब्याटिङलाई राम्रोसंग सम्हालिरहेका छन् ।
बलिड.मा कासिगो राबडा, क्रिस मोरिस, हर्षल पटेल, अमित मिश्रा र सन्दीप लामिछाने पनि उत्कृष्ट फर्ममा रहेका छन् । नेपाली युवा खेलाडी सन्दीपले पछिल्लो खेलमा प्लेयिङ ११ मा स्थान बनाएका थिए । उनले आफ्नो पुरै स्पेलमा २९ रन खर्चिएर १ विकेट लिए भने उनकै बलिड.मा एक जना रन आउट परे ।
आईपीएलको गत बर्षको ११ औं संस्करणबाट प्रवेश गरि अन्तराष्टिय क्रिकेट लिगमा निरन्तर खेलिरहेका सन्दीपले हालसम्मका लिगमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।
आज पनि उनलाई दिल्ली क्यापिटल्सले मौका दिने संभावना भने छ ।