Prakash Adhikari April 2, 2019

हेटौडा(मकवानपुर), १९ चैत्र । बारा र पर्सा जिल्लाका आँधी पीडितका लागि प्रदेश ३ को सरकारले एक करोड रुपियाँ सहयोग रकम उपलब्ध गराउने भएको छ भने प्रदेशका सांसदहरुले ३ दिनको तलब सहयोग गर्ने भएका छन् ।

मंगलबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले १ करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको हो ।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा हावाहुरी प्रभावित बारा र पर्सा जिल्लाको विभिन्न स्थानको आइतबार मन्त्रीसहितको टोलीले निरीक्षण समेत गरेको थियो।

यस्तै मंगलबार बिहानै बसेको प्रदेश तीनको कार्यव्यवस्था परामर्श समितिको बैठकले समेत सांसद्को तीन दिन बराबरको तलब हावाहुरी प्रभावितलाई सहयोग गर्ने निर्णय भएको छ।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको निर्णय मंगलबार बस्ने प्रदेशसभाको बैठकमा सभामुख सानुकुमार लामाले जानकारी गराउने कार्यक्रम रहेको छ ।

Share Now

Leave a comment.