Prakash Adhikari April 2, 2019

 

काठमाडौं, १९फागुन। बारा र पर्सा जिल्लामा आएको आँधीबाट पीडितहरुलाई सघाउन नेपाल उद्योग वाणिज्य महासंघले पचास लाख रुपैयाँको कोष बनाउने निर्णय गरेको छ।

महासंघको सोमबार बसेको आकस्मिक बैठकले ५० लाख रुपैयाँको कोष बनाएर राहत उपलब्ध गराउने निर्णय गरेको हो।

महासंघकी अध्यक्ष भवानी राणाले ५० लाख रुपैयाँको कोष बनाएको बताउँदै पीडितका लागि टेन्ट र अन्य मानवीय सहायता उपलब्ध गराउने जानकारी दिनुभएको छ ।

महासंघले तत्कालै राहत लागि ५० लाख रुपैयाँ छुट्याएका हो ।

यस बाहेक टेन्ट लगायतका सामग्री समेत प्रभावित क्षेत्रमा वितरण गरिनेछ ।

महासंघको प्रदेश नम्बर २ र जिल्ला उद्योग वाणिज्य महासंघले राहत वितरणको नेतृत्व गर्ने बताइएको छ ।

Share Now

Leave a comment.