बराह क्षेत्र(सुनसरी), २४ । । चर्च ब्वाईज युनाईटेडलाई पराजित गर्दै वराह क्षेत्र, सुनसरीमा भैरहेको चौथो भरौल गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
आइतबार सम्पन्न सेमिफाइनल खेलमा दाफिन्सले चर्च ब्वाईज युनाइटेडलाई १–० ले हराएको थियो ।
दाफिन्सको जितमा म्याच अफ द म्याच समेत घोषित अंग्वेनले खेलको ५४औं मिनटमा एक मात्र निर्णायक गोल गरेका थिए ।
प्रतियोगिता अन्तरगत सोमबारको खेल रेड हर्स क्लब, इलाम र आयोजक न्यु स्टार क्लब, वराह क्षेत्रबीच हुने छ ।
न्यु स्टार क्लब, बराह क्षेत्रको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ ।
मोफसलको फुटबल प्रतियोगितामा एकक्षत्र राज गर्दै आएको क्यामरुनको दाफिन्सले शनिवार मात्र सुनसरीमा सम्पन्न तेस्रो मनमोहन दुहबी गोल्डकप जितेको थियो ।