बैंगलोर(कर्नाटक),२४ चैत्र । रोयल च्यालेञ्जर्स बैङलोर विरुद्धको खेलमा नेपाली युवा बलर सन्दिप लामिछानेले एक विकेट लिएका छन ।
बैंगलोरविरुद्ध एक विकेट लिएसंगै नेपाली क्रिकेट स्टार सन्दीपले टी २० क्रिकेटमा ५० विकेट लिएको कीर्तिमान कायम गरेका छन् । नेपाली क्रिकेटरमा टी २० मा ५० विकेट लिने उनी पहिलो खेलाडी बनेका छन् ।
चार ओभर खेलेका उनले १ विकेट लिन ४६ रन लिने मौका दिएका थिए ।
टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको दिल्लीको १० औं ओभर लिएर आएका सन्दीपले पहिलो बलमा छक्का खाए ।
स्टोनीसले उनको बलमा छक्का हिर्काए । त्यसपछि डट बल गरेका उनले त्यसपछि तीन बलमा तीन रन दिए ।
त्यसपछि सन्दीप टिमको १२ औं तथा ब्यक्तिगत दोस्रो ओभरमा ६ रन दिए । निकै कन्ट्रोल बलिङ गरेका उनले सबै बलमा एक एक रन मात्र खर्चिए ।
ब्यक्तिगत तेस्रो ओभरमा सन्दिपले ११ रन दिएर विकेट लिन सफल भए । पहिलो बलमा छक्का खाएका सन्दिपले दोस्रो बल डट गरेका थिए भने तेस्रो बलमा मोइन अलीको विकेट लिन सफल भए । उनले ३२ रन बनाएका थिए । तर त्यसको अर्को बलमा उनले चौका खाए । त्यसपछि एक बल डट र अर्को बलमा एक रन दिएका थिए ।
त्यसपछि उनले आफ्नो अन्तिम ओभरमा सन्दीप महंगो सावित भए । उनले सो ओभरमा १९ रन दिए । जसमा उनले पहिलो बलमा एक रन खाए भने दोस्रो बलमा चौका र तेस्रो बलमा फेरी एक रन दिए । तर चौथो बलमा विराट कोहलीले उनलाई छक्का प्रहार गरे । पाँचौ बलमा सन्दिपले अर्को छक्का खान पुगे । अन्तिम बलमा एक रन दिए ।