Prakash Adhikari April 7, 2019

काठमाडौं, २४ चैत्र । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्तरगतको एउटा उपसमितिले तारागाउँ रिजेन्सी होटल्सलाई हक हस्तान्तरण गरिदिएको १५० रोपनी जग्गा नेपाल सरकारको स्वामित्वमा ल्याउन सरकारलाई निर्देशन दिदैं यस प्रकरणमा भएको अनियमितता छानवीन गरि दोषीमाथि कानुनी कारबाही गर्न अख्तियारलाई सिफारीश गरेको छ ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले तारागाँउ रिजेन्सी होटलको निर्माण सञ्चालन र सरकारी स्वामित्वको जग्गा हस्तान्तरण र पूँजी बृद्धि र सेयर हिस्सामा भएको अपारदर्शी परिवर्तनका बारमा छानवीन गर्न बनाएको उपसमितिले यस्तो सिफारीश गरेको हो । समितिले सांसद अग्नि सापकोटो संयोजकत्वमा छानबिन उपसमिति बनाएको थियो ।

सो उपसमितिले समितिलाई प्रतिवेदन बुझाउँदै तत्कालिन तारा गाउँ विकास समितिको नाममा रहेको उक्त जग्गा सरकारको स्वामित्वमा ल्याउन निर्देशन दिएको छ । तारा गाउँ विकास समितिको १ सय ५० रोपनी जग्गा होटलको नाममा रजिस्ट्रेसन पास गरिदिएको विषयमा छानबिन गर्न पनि उपसमितिले सरकारलाई निर्देशन दिन समितिसमक्ष सुझाव दिएको छ ।

तारा गाउँ विकास समितिको १ सय ५४ रोपनी जग्गा हडप्ने किसिमले होटलले गरेको गैरकानूनी लिज सम्झौता प्रक्रिया पु¥याई रद्द गर्न पनि उपसमितिले सुझाव दिएको छ ।

उपसमितिले उक्त सम्झौतामा होटल र तारा गाउँ विकास समिति पदाधिकारीले अख्तियारको दुरुपयोग गरेको देखिएको भन्दै यस विषयमा छानबिन गरि दोषीमाथि कारबाही गर्न अख्तियारलाई सिफारीश गर्न पनि उपसमितिले सुझाब दिएको छ ।

उपसमितिको प्रतिवेदनलाई परिमार्जनसहित सार्वजनिक गर्ने तयारी भैरहेको समितिका एक सांसदले बताएका छन् ।

Share Now

Leave a comment.