Prakash Adhikari April 7, 2019

बैगलोर(कर्नाटक,भारत),२४ चैत्र । नेपाली क्रिकेट स्टार सन्दीप जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग(आईपीएल)को २० औं खेलमा पनि पर्न सफल भएका छन् ।

सन्दी आबद्ध दिल्ली क्यापिटल्सले अहिले रोयल च्यालेञ्जर्स बैंगलोरविरुद्ध खेलिरहेको छ ।

बैंगलोरको घरेलु मैदानमा भएको खेलमा सन्दीपको दिल्लीले टस जितेर बलिड. रोजेको छ ।

Delhi Capitals: Prithvi Shaw, Shikhar Dhawan, Shreyas Iyer (capt), Rishabh Pant (wk), Colin Ingram, Rahul Tewatia, Chris Morris, Axar Patel, Kagiso Rabada, Ishant Sharma, Sandeep Lamichhane

Royal Challengers Bangalore: Parthiv Patel (wk), Virat Kohli (capt), AB de Villiers, Marcus Stoinis, Moeen Ali, Akshdeep Nath, Pawan Negi, Tim Southee, Navdeep Saini, Yuzvendra Chahal, Mohammed Siraj

अहिले पहिलो ओभरको खेल सकिएको छ ।

पहिलो ओभरमा बलिड.मा इशान्त शर्मा उत्रिए र दोस्रोमा मोरिस उत्रिए ।

दिल्ली क्यापिटलले खेलेका ६ खेलमा ४ खेलमा मौका पाएका सन्दीपले यस अगाडिका ३ खेलमा ४ विकेट लिईसकेका छन् ।

हिजो शनिवार मुम्बई इण्डियन्स् र सन राइजर्स हैदराबादबीच भएको खेलमा वेष्ट इण्डिजका खेलाडी जोसेफले एकै इनिड.मा ६ विकेट लिएपछि सन्दीपका लागि आईपीएलमा नयाँ प्रतिस्पर्धा थपिएको छ ।

यो खेलमा उनको प्रदर्शनलाई नेपालीसहित विश्वभरका क्रिकेटप्रेमीहरुले प्रतीक्षापूर्वक हेरिरहेका छन् ।

Share Now

Leave a comment.