Prakash Adhikari April 8, 2019

 

जयपुर(राजस्थान,भारत), २४ चैत्र । इन्डियन प्रिमियर लिग सिजन १२ को २१ औँ खेलमा कोलकोता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको छ ।

आइतबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले आफूलाई राजस्थान रोयल्सले दिएको लागि १ सय ४० रनको लक्ष्य ३७ बल बाँकी रहदै मात्र २ विकेटको क्षतिमा पूरा गर्यो ।

Rajasthan Royals: Ajinkya Rahane (capt), Jos Buttler (wk), Steven Smith, Rahul Tripathi, Ben Stokes, Prashant Chopra, K Gowtham, Jofra Archer, Shreyas Gopal, S Midhun, Dhawal Kulkarni

Kolkata Knight Riders: Chris Lynn, Sunil Narine, Robin Uthappa, Nitish Rana, Dinesh Karthik (capt & wk), Shubman Gill, Andre Russell, Piyush Chawla, Kuldeep Yadav, Harry Gurney, Prasidh Krishna

कोलकोताको लागि सीए लिन ५०, एसी नारायन ४७,आरभी उथप्पा २६ र शुभमान गिलले ६ रनको योगदान  गरे भने राजस्थानको लागि एस गोपालले २ विकेट लिए ।

यस अगाडि टस जितेर कोलकोताले बलिड. गर्ने निर्णय गरेपछि ब्याटिड.मा उत्रेको राजस्थानले ३ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको थियो।

उसका लागि स्टिभन स्मिथले नटआउट ७३ र जोश बट्लरले ३७ रन बनाएका थिए। कोलकाताका लागि हेरी गौरनेले २ र प्रसिद्ध कृष्णाले १ विकेट लिएका थिए।

यो खेलको नतिजा संगै कोलकोता ५ खेलमा ४ खेल जित्दै अंकतालिकाको शीर्षमा पुगेको छ भने राजस्थान रोयल्स समान खेलमा १ मा जित दर्ता गर्दै अंकतालिकाको सातौं स्थान(पुछारबाट दोस्रो)मा पुगेको छ ।

Indian Premier League

TEAM M W L PT NRR
KKR 5 4 1 8 1.058
CSK 5 4 1 8 0.159
SRH 5 3 2 6 1
MI 5 3 2 6 0.342
DC 6 3 3 6 0.131
KXIP 5 3 2 6 -0.094
RR 5 1 4 2 -0.848
RCB 6 0 6 0 -1.453
Share Now

Leave a comment.