Prakash Adhikari April 13, 2019

नयाँदिल्ली(भारत),२९ चैत्र(बीबीसी) । पूर्णत: विघटन हुनबाट जोगिन वित्तीय सहायताको खोजीमा रहेको जेट एयरवेजले उसका सबै अन्तर्राष्ट्रिय उडान स्थगित गरेको छ।

भारत सरकारले उडान रद्द भएपछि यात्रुहरूको सुरक्षा र सुविधामा आँच नपुगोस् भनेर कदमहरू चालिने जनाएको छ।

भारतमा कुनै पनि विमानसेवाले कम्तीमा २० वटा विमान उडाइरहेको खण्डमा मात्र उसले अन्तर्राष्ट्रिय सेवा दिन पाउने नियम छ।

कहाँबाट कहाँ?

Naresh Goyal and his wife set up Jet Airways at a time when state-run Air India was the only real formidable opponent. Photo: Reuters
बिहीवार जेट एयरवेजले बक्यौताका कारण थप १० विमानको उडान रोक्यो र कैयौँ सञ्चार माध्यमले ऊ सँग अब केवल १४ विमानमात्र सञ्चालनमा रहेको जनाए।

सो विमानसेवासँग कूल एक सयभन्दा धेरै विमान छ। उसले ६ सय आन्तरिक र ३८० अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएको थियो।

बीबीसीका भारत व्यापार सम्वाददाता समीर हास्मी भन्छन् मार्चमा जब जेट एयरवेजको संकटका कारण हजारौँ उडान रद्द भए त्यतिखेर भारत सरकारले पहल लिँदै सार्वजनिक ब्याङ्कहरूलाई उक्त निजी विमानसेवाको उद्धार गरिदिन भन्यो।

त्यो एकदमै दुर्लभ पहल थियो। राष्ट्रिय चुनावको मुखमा प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले उक्त विमानसेवा बन्द होस् भन्ने चाहेन किनकी त्यसले करिब २३ हजार जनाको रोजगारी गुम्थ्यो।

अब के हुन्छ?

विमानसेवाको नेतृत्व लिएका ऋणदाताहरूले नयाँ लगानी नआउञ्जेल सम्हाल्ने वाचा गरेका थिए। तर पनि अवस्था झनै विग्रियो।

ऋणदाताहरूले पहिले कबुलेको भन्दा निकै कम पैसामात्र उपलब्ध गराए। जसले गर्दा विमानसेवाले विमान भाडामा दिने कम्पनीहरूलाई पैसा तिर्न सकेन। यसको मतलब हो उसै त खुम्चँदै गएको उसको विमान सङ्ख्या थप घट्यो।

अहिले आएर ऋणदाताहरूले सम्भावित लगानीकर्ताहरूका प्रस्ताव स्वीकार गरिरहेका छन्। तर यो प्रक्रिया सकिन केही महिना लाग्नेछ। अनि कैयौँ विश्लेषक ठान्छन् उडान सञ्चालन जारी राख्न तत्काल नगद प्रवाह नभए जेट एयरवेज एक हप्तापनि टिक्न सक्ने छैन।

 

Share Now

Leave a comment.