Prakash Adhikari April 13, 2019

किनरारा एकेडेमी(क्वाललम्पुर, मलेसिया),३० चैत्र । आइसीसी यू–१९ विश्वकपको एशिया छनोटमा बर्षाको कारण नेपालले अप्रत्यासित हार ब्यहोर्नु परेको छ ।

खेलको बीचमा भारी बर्षा भएपछि डकवर्थ एण्ड लुइसको नियमका आधारमा युएई एक रनले बिजयी बनेको घोषणा गरिएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा २ सय ४७ रन बनाएको थियो ।

खराव माैसमका कारण नेपाल र युएइकाे खेल राेकियाे

नेपालले दिएको २ सय ४८ रनको लक्ष्य लिएको युएइले बर्षा हुँदा ३० औं ओभरमा ३ विकेटको क्षतिमा १ सय २२ रनमा बनाएकोले युएईको जित भएको नतिजा निकालिएको थियो । डी एण्ड एल पद्धतिका आधारमा युएईले ३० औं ओभरमा १ सय २१ रनको लक्ष्य पाएको थियो ।

नेपालले दिएको २ सय ४८ रनको लक्ष्य हासिल गर्न अग्रसर युएईले ५ रन हुँदा हुदा पहिलो विकेट गुमाएको थियो । २१ रन हुँदा दोस्रो विकेट झर्यो । तर तेस्रो विकेटका लागि कप्तान अन्स तन्डोन र भ्रित्या अरविन्दले दरिलो साझेदारी गर्दा नेपाललाई दह्रो चुनौती दिएको थियो ।

यी दुई खेलाडीले शतकीय साझेदारी गर्ने क्रममा कप्तान अरविन्दले अर्धशतक प्रहार गरे । युएईले १ सय २२ रन पुर्याउदा सागर ढकालले अन्स टण्डनलाई ५४ रनमा आउट गरेर यो साझेदारी तोडे । त्यसपछि भारी बर्षा भयो ।

जमेन नेपालको सुरुवात 

Image may contain: 2 people, people standing and outdoor
शनिवार युएईविरुद्धको खेलमा आजको खेलमा नेपालको सुरुवात त्यति जमेन । २ २ रन हुँदा नेपालका ओपनर पवन सर्राफ ब्यक्तिगत १२ रनमा आउट भए । त्यसपछि दोस्रो विकेटका लागि रित गौतम र आसिफ शेखले ४७ रनको साझेदारी गरे । तर पवन २७ रनमा आउट भएपछि नेपालले ६९ रनमा दोस्रो विकेट गुमायो ।त्यसपछि ब्याट सम्हालेका कप्तान रोहितकुमार पौडेल १८ रन बनाएर बाहिरिदा नेपालको रन ९७ पुगेको थियो ।

नेपालको विकेट झर्ने गति त्यसपछि पनि रोकिएन । कप्तान पारस गुमाए लगत्तै नेपालले अरु १८ रन जोड्दा सन्दीप जोरा र रित गौतमलाई गुमायो । सन्दीप जोरा मात्र ४ रनमा आउट भए भने रित गौतमले ४४ रनको योगदान दिए , नेपालले १ सय १५ रन बनाउन ५ विकेट गुमायो ।

त्यसपछि भने आजको खेलमा डेब्यु गरेका हरि चौहान र भिम सार्कीले ९२ रनको साझेदारी गर्दै टीमलाई बलियो स्थितिमा ल्याए । उनले ५४ बलमा ४ चौका र २ छक्का प्रहार गरेका भिम ५३ रनमा आउट भए ।

२ सय ७ रन पुग्दा भिम सार्की आउट भएपछि नेपालले २ सय २४ रन बनाउदा थप ३ विकेट सहित ९ विकेट गुमायो । पुछारका खेलाडी कुशल मल्ल र रासिद खान एक एक रनमा आउट भए भने कमलसिंह ऐरी र एस ढकालले मात्र दुई दुई रन बनाए ।

नेपालका लागि आज डेब्यु गरेका हरी चौहानले अर्धसतक बनाए । उनले अविजित ६७ रनको पारी खेले ।बलिङमा युएईका रिसव मुखर्जीले ४ र मोहम्मद फराज उद्दिनले ३ विकेट लिए । बेञ्जामिन,सराफु र मैयाप्पनले पनि समान एक एक विकेट लिन भ्याए ।

आजै भएको अर्को खेलमा सिंगापुरलाई कुवेत र मलेशियालाई ओमानले पराजित गरेका छन् ।

ICC Asia Under-19s World Cup Qualifier

TEAM M W L PT NRR
Kuw19 2 2 0 4 2.763
UAE19 2 2 0 4 0.189
NEP19 2 1 1 2 2.7
Omn19 2 1 1 2 -1.198
MAL19 2 0 2 0 -0.809
SIN19 2 0 2 0 -3.594

यो जित संगै युएई र कुवेतले २ २ खेलमा दुवै खेल जित्दै ४ । ४ अंक बटुलेका छन् । नेपाल र ओमान एक एक जितसहित २ २ अंकमा सीमित छन् भने मलेशिया र सिंगापुरले कुनै जित निकाल्न सकेका छैनन् । रन रेटका आधारमा कुवेत शीर्षमा छ । युएई दोस्रो स्थानमा र नेपाल दोस्रो र ओमान चौथोमा छन् ।

अब नेपालले १५ अप्रिलमा मलेशिया, १६मा ओमान र १८ मा कुवेतसंग खेल्नेछ ।

अब नेपाललाई आफ्नो श्रमले तीनवटै म्याच जितेर पनि पुग्ने छैन् । नेपाललाई शीर्षमा पुग्न कुवेत र युएईले एक खेल हार्नुपर्नेछ वा आज नेपाललाई परेजस्तै स्थितिबाट गुज्रेर पराजित हुनुपर्दछ । १५ अप्रिलमा कुवेतले युएईलाई पराजित गर्यो र १८ अप्रिलमा नेपालले कुवेतलाई पराजित गरेमामात्र नेपाल विश्वकपमा छनोट हुनेछ ।

क्रिकेट संभावनाको खेल हो । सहज रुपमा चयन हुने नेपालको बाटो केही कठिन अवश्य भएको छ तर संभावना सकिएको छैन । प्रशिक्षक, टीम कप्तान र खेलाडीको मनोबल उच्च कायम राख्न सके आउदा सबै खेलमा जित्न नसक्ने अवस्था पनि छैन् । तर टप अर्डरका ब्याट्सम्यानहरुलाई मैदानमा उतार्ने र जोगाउने सन्दर्भमा क्याप्टेन र प्रशिक्षक चनाखो भने बस्नुपर्दछ ।

यु १९ मा नेपालको सबल पक्ष भनेको ब्याटिड. नै हो ।आजको खेलमा नेपालका कप्तान रोहितकुमार पौडेल, आसिफ शेख,सन्दीप जोराले अपेक्षित रन जोड्न नपाउदै बाहिरिनु पर्यो ।

नेपालको संभावना अझै सकिएको छैन् । जरुरी छ त खेलाडीहरुमा उच्च मनोबल, सबल रणनीतिसहितको उत्कृष्ट खेल, केही अंश भाग्य र नेपालीहरुको साथ ।

Share Now

Leave a comment.