सानेपा(ललितपुर),१ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ बर्ष २०७६ सालको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
नयाँ बर्षको अवसरमा उहाँले दिनुभएको सन्देशमा नेपाली कांग्रेस— देशलाई एकता, शान्ति र समृद्धिको बाटोमा अघि बढाउन, लोकतन्त्र र विकासको एजेण्डामा संगठित गर्न र हाम्रा गाउँ—नगरमा शान्ति, सामाजिक सद्भाव र एकता सुदृढ बनाउन तथा बलियो राष्ट्र र सुदृढ नेपाली राष्ट्रियताको जगमा आर्थिक विकासको दिगो आधार स्थापना गर्दै नागरिकको गुणस्तरीय जीवनयापनका लागि क्रियाशील रहेको उल्लेख छ ।
उहाँले नेपाली कांग्रेसको नेतृत्वमा तीनै तहको निर्वाचन सम्पन्न भई मुलुकले संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रतात्मक नेपालको बलियो जग खडा गरिसकेको उल्लेख गर्दै सहमति, सहकार्य र एकताको माध्यमबाट नै मुलुकले सबै प्रकारको निकास पाउने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले नव वर्ष २०७६ ले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर बनाउन हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिनुभएको छ ।
उहाँले हालै बारा पर्सामा हावाहुरीमा परेर जीवन गुमाएकाहरुलाई स्मरण गर्दै पीडितको उद्धार र पुनस्र्थापनाको कार्यलाई प्रभावकारी ढंगले सम्पादन गरेर तिनको जीवन सहज तुल्याउने कार्य तीब्र ढंगले सरकारलाई आग्रह पनि गर्नुभएको छ ।