चण्डिगढ(पञ्जाब), ४ बैशाख । इण्डियन प्रिमियर लिग(आईपीएल) अन्ततरगत भएको ३२ औं खेलमा किङ्स इलाभेन पन्जाबले इण्डियन प्रिमियर लिगमा राजस्थान रोयल्सलाई १२ रनले पराजित गरेको छ ।
इन्द्रजित सिंह बिन्द्रा क्रिकेट स्टेडियम मोहलीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो ।
पञ्जाब लागि लोकेश राहुलले ५२ ,डेभिड मिल्लरले ४० ? क्रिस गेलले ३० तथा मायांक अग्रवालले २६ रन बनाए । रविचन्द्र आश्विन १७ रनमा अविजित रहे ।
पञ्जाबलाई रोक्न राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिए ।
१ सय ८३ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै मात्र १ सय ६८ रन बनाउन सक्यो ।
राजस्थानका राहुल त्रिपाठीले ५० , स्टुवार्ड बिनीले ३१ , संजु सामसनले २७, अन्जिंका रहानेले २६ र जोश बट्लरले २३ रनको योगदान गरे ।
राजस्थानलाई रोक्न पञ्जाबका अर्शदीप सिंह, रविचन्द्र आश्विन र मोहमद शामीले २ । २ विकेट लिए ।
यो जितसंगै पञ्जाबले ९ खेलमा ५ जित र ४ हार व्यहोदै १० अंक जोडेको छ ।
पराजित राजस्थान ८ खेलमा दुईमा जित र ६मा हार व्यहोदै ४ अंकसहित तलबाट दोस्रो स्थानमा छ ।


















